साउन २०, लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । 

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । 

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्युत् प्राधिकरण लहानले महसुल नबुझाउने ४४ जना ग्राहकको लाइन काटियो

२० श्रावण २०७३, बिहीबार ०७:०६

साउन २०, लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । 

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । 

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्राधिकरण लहानका प्रमुख माधवप्रसाद यादवले बताउनु भयो । 

उहाँका अनुसार विद्युत् लाइन काटिएको ४४ जना ग्राहकबाट करिब रु १० लाखभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । 

विद्युत् प्राधिकरण कार्यालय लहानले आव २०७२/७३ मा पनि २८७ जना ग्राहकको विद्युत्को लाइन काटेको र त्यसमध्ये ९१ जना ग्राहकबाट रु ३२ लाख १५ हजार ९७४ बक्यौता असुली गरेको थियो । प्राधिकरण लहानमा ५४ हजार ग्राहक रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने