साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । 

जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । 

जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बना"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका दलहरु राहत सङ्कलनमा सक्रिय

२० श्रावण २०७३, बिहीबार ०७:०८

साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । 

जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बनाएका छन् । राष्ट्रिय जनमोर्चाले अधिकारीचौरका बाढी प्रभावित ५५ घरपरिवारलाई रु पाँच÷पाँच हजारका दरले राहत वितरण गरेको छ । 

जनमोर्चाका सांसद् मीना पुन, केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानालगायतको टोलीले प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरेको जनमोर्चा बागलुङका सचिव धर्मबहादुर कुँवरले जानकारी दिनुभयो । काँग्रेस बागलुङले पनि सोमबार र मङ्गलबार गरी दुई दिन राहत सङ्कलन गरेको छ । 

सदरमुकाममा गरिएको घरदैलो अभियानबाट रु एक लाख १३ हजार ८८९ सङ्कलन भएको काँग्रेसका जिल्ला सदस्य डिलप्रसाद शर्माले बताउनुभयो । जिल्लाको पश्चिम भेगका बाढी प्रभावित गाविसमा पुगेर सङ्कलित राहत वितरण गरिने उहाँको भनाइ छ । यस्तै, नेकपा (एमाले) बागलुङले पनि राहत सङ्कलन अभियान चलाएको छ । हालसम्म रु एक लाख ५० हजार एक सय सङ्कलन भएको कार्यालय सचिव शिव शर्माले जानकारी दिनुभयो । 

दलहरुले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्ने कार्यक्रम बनाएका छन् । “बाढी प्रभावितहरुको राहतमा सबै जुट्नुपर्ने बेला छ, नागरिकको समस्यामा दल साथमा हुनुपर्छ” – काँग्रेस बागलुङ सभापति दीपेन्द्रबहादुर थापाले भन्नुभयो । 

नागरिकको मतबाट नेतृत्व र पदमा पुग्ने दलहरुले उद्धार र राहतमा देखाएको सक्रियतालाई धेरैले सकारात्मक ठानेका छन् । गैरदलीय क्षेत्रबाट पनि बाढी प्रभावितको राहतका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । सरकारीस्तरबाट पहिलो चरणको राहत सामग्री वितरण गरिसकिएको छ । 

सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट राहत पु¥याइएको थियो । विभिन्न गैरसरकारी संस्था, व्यावसायिक संस्था, पत्रकारलगायतले पनि बाढी प्रभावितका लागि राहत सङ्कलन गरिरहेका छन् । विदेशमा रहेका बागलुङवासी नागरिक र तिनका संस्थाले पनि राहत जुटाउन सुरु गरेका छन् । अघिल्लो साताको अविरल वर्षाका कारण जिल्लाका पश्चिम भेगका आधा दर्जन गाविसमा बाढीले ठूलो क्षति पु¥याएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार १२० भन्दा बढी घरमा बाढीले क्षति पु¥याएको छ । डेढ सय बढी घर बाढीको उच्च जोखिममा छन् । करोडौँको भौतिक सम्पत्ति नाश भएको छ । सबैभन्दा बढी अधिकारीचौर र बोङ्गादोभान गाविसमा क्षति पुगेको छ । विभिन्न ठाउँमा गएको पहिरोमा परी जिल्लाका छ जना नागरिकले ज्यानै गुमाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने