२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुलबुले तालमा फसेको जरायोको उद्धार

४ माघ २०७७, आईतवार १२:०५

माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । उक्त तालमा फसेर घाइते भएर अचेत बनेको करीब तीन वर्षको जरायोलाई आज उद्धार गरी उपचार शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेत सहायक वन अधिकृत टेक रावलले जानकारी दिनुभयो । तालको बीचमा जरायो फसेको भन्ने स्थानीयवासीबाट खबर पाएपछि तत्काल डिभिजन वन कार्यालयको टोलीले त्यहाँ पुगेर उद्धार गरेको सहायक वन अधिकृत रावलले बताउनुभयो । 

उहाँका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जङ्गलबाट बाहिर निस्केको र अचेत अवस्थामा दौडिँदा बुलबुलेको तारजालीमा ठोक्किएर घाइते भएको अनुमान गरिएको छ । बच्चा जरायोको टाउकामा चोट लागेकाले उपचार गरेर निको भएपछि काँक्रेविहार जङ्गलमा छाडिने उहाँले बताउनुभयो । राति जङ्गलमा चोरीसिकारी बढ्न थालेपछि पछिल्लो समय काँक्रेविहार जङ्गलमा रहेका जनावर असुरक्षित बन्दै गएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य