साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ । 
१७ माघ २०८२, शुक्रबार
चितवन - CTW

नारायणी नदीको डुबानमा परेका बाढीपीडितलाई कीटनाशक झुल र पियुस वितरण

२० श्रावण २०७३, बिहीबार ०७:२१

साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले मङ्गलपुरको झनझने र शरणपुर क्षेत्रका ११७ घरधुरीमा यसरी सामग्री सहयोग गरेको हो । 

डुबान क्षेत्रमा पानी दूषित हुनसक्ने र लामखुट्टेको प्रकोप बढेको पाइएपछि कीटनाशक झुलसहित हाइजिङ कीट (मञ्जन, ब्रस, साबुन लगायत), पानी शुद्धीकरण गर्ने औषधि वितरण गरिएको रेडक्रस चितवनका वरिष्ठ शाखा अधिकृत जगन्नाथ न्यौपानेले जानकारी दिनुभयो । युनिसेफको सहयोगमा ती सामग्री वितरण गरिएको हो । 

उहाँका अनुसार डुबानमा परेका ११७ घरमा सामग्री उपलब्ध गराइएको हो । यहाँ डुबान भए पनि मानवीय र अन्य ठूलो क्षति भने नभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

नारायणीको बाढीले यहाँको पश्चिम क्षेत्रमा पर्ने मङ्गलपुरको झनझने र शरणपुरसहित गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान गरेको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो । 

यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनले पनि प्रतिघर तीन दिनलाई पुग्ने गरी पियुस वितरण गरेको विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । 

बाढी पसेपछि खानेपानी दूषित हुने र झाडापखाला तथा अन्य रोग समेत लाग्न सक्ने भएकाले खतरा रोक्न पियुस वितरण गरिएको हो । सो क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक