२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बाक्लो हुस्सु र तुसारोले तरकारी बाली हात नपर्ने किसानको चिन्ता

७ माघ २०७७, बुधबार ०५:३२

माघ ७, महोतरी । लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले  महोत्तरीका तरकारी किसान हैरान भएका छन् । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो ।

पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतबार मध्याह्नपछि र सोमबार मात्र घाम देखिएको थियो । त्यसपछि फेरि बाक्लो हुस्सुसँगै तुसारो बढेपछि तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहाँका किसानले बताएका छन् ।

“खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैँ कुहिएर झर्दैछ”, मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान रामविनोद महतोले भने, “आँखाभरि बिजोग हेरेर बस्नुपरेको छ, अब उत्पादन हात पर्ने आस मर्यो ।”

परवल, सिमी, करेला र बोडीसहितका बेला (लहरा) आफैँ पहेँलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् । झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेको रामविनोदकै छिमेकी अर्का तरकारी किसान जवाहर महतो बताउँछन् । “हेर्नोस् न, उ टमाटर कुहिएर बग्रेल्ती झरेका”, टमाटर बारीतिर देखाउँदै जवाहरले भने, “मौसम उघ्रेर घाम नलागी न बारी पस्न सकिन्छ, न उपचार नै काम लाग्छ ।”

यसपालि मङ्सिर अन्तिम सातामै शुरु भएको शीतलहर पुस मध्यताका हटे पनि पुसकै अन्तिम सातामा फेरि बढेको हो । माघ लागेपछि बाक्लो हुस्सु र तुसारो पर्ने क्रम रोकिने आस पनि पहिलो साता बित्दासम्म पूरा हुने छाँट नदेखिएको किसान अड्कल गर्छन् । “आइतबार दिउँसो घाम देखिँदा अबचाहिँ उघ्य्रो भन्ने परेको थियो, सोमबार त बिहानै घाम देखियो पनि” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवार भन्छन्, “हामीले सोचेकोजस्तो किन हुन्थ्यो, सोमबार साँझैदेखि फेरि बाक्लो हुस्सुले ढाकिहाल्यो ।”

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीको बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो नि” दनुवारकै छिमेकी किसान बहुरा महतोले भने, “तरकारी खेती त गयो गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।” यस्तो चिन्ताबीच सरकारी निकायका कुनै कृषि प्राविधिक सल्लाह, सुझाव र सहानुभूतिकै लागि पनि नभेटिएका किसानको थप गुनासो छ । “खै कृषि हेर्ने सरकारी अड्डा त छन् भन्छन्, हाम्रो दुःख कसले बुझ्ने ? कोही हामीलाई हेर्न आउँदैनन्”, महतोले भने ।

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि विज्ञको भनाइ छ । “दुइ÷चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, यहाँ त झण्डै बाक्लो तुसारो परिरहेको १५ दिन हुन लाग्यो”, लामो समय कृषि विज्ञको सरकारी सेवा (सहसचिव) मा रही हाल सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ कै बासिन्दा रामबहादुर भुजेल किसानकै भनाइमा लय मिलाउँदै भन्छन्, “लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो  पर्ने क्रम रोकिएन, उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”

जिल्लाका बर्दिवास नगरपालिकाका पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर, हतिसर्वा, बलवा नगरपालिकाका धमौरा, बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुरलगायतका बस्ती  तरकारी  बालीका पकेट क्षेत्र मानिन्छन् । यी बस्तीमा पाँच हजार  हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती लगाइने गरिन्छ तर प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसान दुखेसो छ ।

आपूmहरुको यो मर्का सरकार र सम्बद्ध दलहरुले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी र विज्ञको अवलोकन नहुँदा आपूmहरुको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य