२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

२०७७, ८ माघ बिहीबार ०८:०१

माघ ८, हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि  हवाई उडान प्रभावित भएको हो  ।  बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण  हवाई सेवा प्रभावित भएको जनाइएको छ ।

नेपालगञ्जमा बाक्लो हुस्सु र  सिमकोटमा बिहानदेखि हवाहुरी चलेका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए । हरेक बिहान साढे ६ बजेदेखि ७ बजेभित्र सिमकोट विमानस्थलमा हवाईजहाजले अवतरण गर्ने भए पनि तराईमा चलेका शीतलहर र हुम्लामा चलेको हावाहुरीकै कारण कुनै जहाजले सिमकोटमा उडान नभरेको विमानस्थलले जानकारी दिएको छ ।

नेपालञ्जको मौसम सफा भए पनि सिमकोटमा बिहानै चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो । सुर्खेतमा मौसम सफा भए पनि जहाज नभएका कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भर्ने गर्छन् ।

उडान नहुँदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि सिमकोटमै रोकिएका छन् । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति