२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

८ माघ २०७७, बिहीबार ०८:०१

माघ ८, हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि  हवाई उडान प्रभावित भएको हो  ।  बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण  हवाई सेवा प्रभावित भएको जनाइएको छ ।

नेपालगञ्जमा बाक्लो हुस्सु र  सिमकोटमा बिहानदेखि हवाहुरी चलेका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए । हरेक बिहान साढे ६ बजेदेखि ७ बजेभित्र सिमकोट विमानस्थलमा हवाईजहाजले अवतरण गर्ने भए पनि तराईमा चलेका शीतलहर र हुम्लामा चलेको हावाहुरीकै कारण कुनै जहाजले सिमकोटमा उडान नभरेको विमानस्थलले जानकारी दिएको छ ।

नेपालञ्जको मौसम सफा भए पनि सिमकोटमा बिहानै चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो । सुर्खेतमा मौसम सफा भए पनि जहाज नभएका कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भर्ने गर्छन् ।

उडान नहुँदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि सिमकोटमै रोकिएका छन् । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने