साउन २०, कञ्चनपुर । शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । 

शिक्षा कार्यालयको भौतिक वमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, कञ्चनपुर । शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । 

शिक्षा कार्यालयको भौतिक वमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्मा"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका एक सय ५५ विद्यालयको खाता रोक्का

२० श्रावण २०७३, बिहीबार ०८:५८

साउन २०, कञ्चनपुर । शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । 

शिक्षा कार्यालयको भौतिक वमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्माण सम्झौता गरिएको थियो । 

शिक्षा कार्यालयले गत वर्षको असार मसान्तमा सम्पन्न हुने गरी विद्यालयसँग रु ११ करोड १६ लाखको सम्झौता गरेको थियो । सम्झौताअनुसार असार मसान्तमा काम नभएपछि अन्तिम किस्ता रोक्का गरिएको हो । कार्यालयका अनुसार ती सबै विद्यालयको रु एक करोड २७ लाख १७ हजार ५०० रकम रोक्का गरिएको छ । 

कार्यालयका लेखा अधिकृत दुर्गादत्त पन्तले निर्माण सम्पन्न नभएपछि प्राविधिक फाँटको सिफारिसमा अन्तिम किस्ता रोक्का गरिएको बताउनुभयो । हालसम्म ३७ विद्यालयले मात्रै सम्झौता अनुसारको भुक्तानी लिएका छन् । तीबाहेकका अन्य विद्यालयको रकम रोक्का गरिएको अधिकृत पन्तले बताउनुभयो । 

शिक्षा कार्यालयले भौतिक पूर्वाधारमा सम्झौता गरेपछि ३० प्रतिशत, त्यसपछि प्राविधिक प्रतिवेदनका आधारमा ४० प्रतिशत र काम सम्पन्न भएपछि अन्तिम किस्ता ३० प्रतिशत रकम विद्यालयका खातामा पठाउने गरेको छ । 

शिक्षा कार्यालयले गत माघ र फागुनमा भौतिक पूर्वाधारको रकम सम्बन्धित विद्यालयको खातामा पठाएको थियो । शिक्षा कार्यालयका लेखा अधिकृत पन्तले पनि विगतदेखि नै काम नभएपछि रकम रोक्का हुँदै आएकाले यस वर्ष पनि रोकिएको बताउनुभयो । 

कार्यालयले अन्तिम किस्ता रोक्का गरे पनि विद्यालयले त्यस अघिका दुई किस्ताको खाताबाट रकम झिकेर खर्च गरिसकेका छन् । 

बेदकोट नगरपालिकाको धरमपुरस्थित मुक्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक कल्यान ओझा व्यवस्थापन समितिको बेवास्ता, निर्माण समिति गठन, स्थानीयलाई भवन निर्माणसम्बन्धी जानकारी नहुने, समान खरिदमा हुने मोलमलाई र प्राविधिकको कमजोरीले सामुदायिक विद्यालयले सम्झौताअनुसार निर्माण कार्य गर्न नसकेको बताउनुभयो । 

शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले निर्माण सम्पन्न नभएपछि सम्बन्धित विद्यालयको खाता रोक्का गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने