सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिराम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिराम"/>
२५ पुष २०८२, शुक्रबार
बझाङ्ग - BJN

डाक्टर भ्रमणमा बिरामी मर्कामा

२० श्रावण २०७३, बिहीबार ०९:३७

सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिरामी मर्कामा परेका छन । जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बिष्णु खतिवडा र डाक्टर मिलन सिलवाल लगायत जिल्ला स्वास्थ्य कार्यालयको टोली भ्रमणमा जाँदा बिरामी मर्कामा परेका हुन । 

जिल्ला अस्पतालमा रुघाखोकी तथा ज्वरोका १ सय पचास भन्दा बढी बिरामी अस्पतालमा भरी भराउ छन । साउन ६ गते नमुना स्वास्थ्य संस्थाहरु अवलोकन गर्न पाल्पा,जनकपुर, बुटवल,इलाम हुँदै दार्जिलिङ र सिक्किम सम्म पुगेका थिए । 

६ गतेदेखि १२ गतेसम्म भ्रमण भएतापनि २० गतेसम्म पनि टोली जिल्ला नर्फकेको जिल्ला अस्पतालका एक कर्मचारीले बताए । उनले भने जिल्ला अस्पतालमा कर्मचारी नहुँदा बिरामी चेकजाँच देखि कार्यालय कामकाजमा समेत असर परेको छ । 

जिल्ला अस्पताल बझाङमा बिरामीको चाप हुँदा निक्साइमनका २ डाक्टर र जिल्ला अस्पताल बझाङका एक जना अहेवले बिरामीको स्वास्थ्य चेकजाँच गरिरहेका छन । 

जिल्लामा भाइरल ज्वरोका बिरामी बढिरहेका बेला अस्पतालमा डाक्टरको कमी हुँदा ३ घण्टा लाइनमा बस्नु परेको बिरामी सुनिता सुनारले बताइन । 

यसरी जिल्ला अस्पताल बझाङका डाक्टरहरु नियमित अस्पतालमा नबस्दा बिरामीले सास्ती खेप्नु परेको नागरिक अगुवा धर्मजंग बहादुर सिंहले बताए । डाक्टरले कहिले मिटिङ, गोष्टी र कहिले भ्रमण गरी जिल्ला बाहिर मात्र बसी बझाङ्गी जनताको स्वास्थ्य माथी खेलवाड गर्ने गरेको उनको भनाइ छ । 

जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा निजि औषधि पसलहरुमा बिरामीको भिँड बढेको छ ।  

यता जिल्ला अस्पतालका निमित्त प्रमुख भानुभक्त जोशीले डाक्टर क्षेत्रीय मिटिङमा सहभागी हुन गएकाले जिल्लामा उपस्थिति हुन नसकेको बताए । मिटिङ सकिएपछि डाक्टर छिट्टै जिल्ला फर्किने उनको भनाइ छ । 

फोटो क्याप्सन : जिल्ला अस्पतालमा बिरामीको उपचार गर्दै निक्साइमनका डाक्टर पूर्ण घर्ती 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने