सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिराम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिराम"/>
२०८२, १६ चैत्र सोमबार
बझाङ्ग - BJN

डाक्टर भ्रमणमा बिरामी मर्कामा

२०७३, २० श्रावण बिहीबार ०९:३७

सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिरामी मर्कामा परेका छन । जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बिष्णु खतिवडा र डाक्टर मिलन सिलवाल लगायत जिल्ला स्वास्थ्य कार्यालयको टोली भ्रमणमा जाँदा बिरामी मर्कामा परेका हुन । 

जिल्ला अस्पतालमा रुघाखोकी तथा ज्वरोका १ सय पचास भन्दा बढी बिरामी अस्पतालमा भरी भराउ छन । साउन ६ गते नमुना स्वास्थ्य संस्थाहरु अवलोकन गर्न पाल्पा,जनकपुर, बुटवल,इलाम हुँदै दार्जिलिङ र सिक्किम सम्म पुगेका थिए । 

६ गतेदेखि १२ गतेसम्म भ्रमण भएतापनि २० गतेसम्म पनि टोली जिल्ला नर्फकेको जिल्ला अस्पतालका एक कर्मचारीले बताए । उनले भने जिल्ला अस्पतालमा कर्मचारी नहुँदा बिरामी चेकजाँच देखि कार्यालय कामकाजमा समेत असर परेको छ । 

जिल्ला अस्पताल बझाङमा बिरामीको चाप हुँदा निक्साइमनका २ डाक्टर र जिल्ला अस्पताल बझाङका एक जना अहेवले बिरामीको स्वास्थ्य चेकजाँच गरिरहेका छन । 

जिल्लामा भाइरल ज्वरोका बिरामी बढिरहेका बेला अस्पतालमा डाक्टरको कमी हुँदा ३ घण्टा लाइनमा बस्नु परेको बिरामी सुनिता सुनारले बताइन । 

यसरी जिल्ला अस्पताल बझाङका डाक्टरहरु नियमित अस्पतालमा नबस्दा बिरामीले सास्ती खेप्नु परेको नागरिक अगुवा धर्मजंग बहादुर सिंहले बताए । डाक्टरले कहिले मिटिङ, गोष्टी र कहिले भ्रमण गरी जिल्ला बाहिर मात्र बसी बझाङ्गी जनताको स्वास्थ्य माथी खेलवाड गर्ने गरेको उनको भनाइ छ । 

जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा निजि औषधि पसलहरुमा बिरामीको भिँड बढेको छ ।  

यता जिल्ला अस्पतालका निमित्त प्रमुख भानुभक्त जोशीले डाक्टर क्षेत्रीय मिटिङमा सहभागी हुन गएकाले जिल्लामा उपस्थिति हुन नसकेको बताए । मिटिङ सकिएपछि डाक्टर छिट्टै जिल्ला फर्किने उनको भनाइ छ । 

फोटो क्याप्सन : जिल्ला अस्पतालमा बिरामीको उपचार गर्दै निक्साइमनका डाक्टर पूर्ण घर्ती 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति