२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा २४ सयलाई कोभिड–१९ विरुद्धको खोप

२०७७, १३ माघ मंगलवार १५:३५

माघ १३, नुवाकोट | सरकारले कोभिड–१९ विरुद्ध भारतबाट अनुदानमा ल्याएको खोप नुवाकोट पनि ल्याइएको छ । पहिलो चरणमा दुई हजार ४०२ जनालाई उपलब्ध गराउने योजना बनाइएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञपित जारी गर्दै जिल्लाका पालिकालाई खोप सेवा उपलब्ध गराउने तालिकासमेत सार्वजनिक गरेको छ ।  यही माघ १४ देखि  १९ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिने र  स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाइकर्मी, एम्बुलेन्स चालक तथा कोभिड–१९बाट मृत्यु भएकाहरुको दाहसंस्कारमा संलग्नलाई खोप सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

अभियानका लागि त्रिशूली जिल्ला अस्पताल र खरानीटार अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने बताइएका छ ।  घिमिरेका अनुसार पहिलो चरणको खोप अभियानका लागि खोपलगायत आवश्यक सामग्री प्राप्त भइसकेको छ । 

स्वास्थ्य संस्थाबाट नियमित सेवा अवरुद्ध नहुने गरी पालिकानुसार दुई समूह बनाएर खोप लगाउने कार्यक्रम बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट मंगलबारसम्म एक हजार १२६ संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार २४ जना निको भएको र एक जनाको ज्यान गएको छ । हाल जिल्लामा ९९ संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ