सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ । राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ । राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समा"/>
२५ पुष २०८२, शुक्रबार
दाङ्ग - DNG

सालको रुख कटान उजुरीको बिषयलाई लिएर पत्रकार एमसीलाई ज्यान मार्ने धम्की

२० श्रावण २०७३, बिहीबार १०:४६

सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ । राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समाचारदाता एवम् पत्रकार बिदुर एमसी र उहाँको श्रीमती दानुमाया एमसीलाई बुधबार राती भालुवाङका केही व्यक्तिले ज्यान मार्ने धम्की सहित हातपातको प्रयास गरेका छन् । 

      राती करिब साढे ९ बजेको समयमा आफ्नै घर अगाडी भालुवाङ पुल्चोक रातोडाँडाका बसन्त गिरी, उहाँकी श्रीमती गंगा गिरी र निजको घरमा डेरा गरी बस्ने राजु श्रेष्ठले ज्यान मार्ने धम्की सहित हातको प्रयास भएको पिडित सञ्चारकर्मी एमसीले जानकारी दिनु भयो । गिरीले आफ्नो घर नजिक सुकेको सालको रुख काँट्दा पत्रकार सन्तोषकुमार गुप्तालाई बोलाई जिल्ला वन कार्यालय दाङमा उजुरी गर्न लगाएको भन्दै पत्रकार गुप्ता, एमसी र उहाँकी श्रीमती दानुमाया एमसीलाई ज्यान मार्ने धम्की दिएको पिडित एमसीले बताउनु भयो । तीनै जना व्यक्तिले अत्याधिक मदिरा सेवन गरी एमसीकै घर भित्र गई अश्लील शब्द प्रयोग गरी गाली बेइज्जती सहित हातको प्रयास गरेको र आफूले तत्काल प्रहरीलाई खबर गरे पछि ज्यान जोगाउन सफल भएको एमसीले भन्नु भयो । तीनै जनाले म र मेरो श्रीमती माथि पटक—पटक आक्रमणको प्रयास गरे तर स्थानियबासी र प्रहरीको संरक्षण ज्यान जोगाउन सफल भए एमसीले भन्नु भयो । 

     गिरीले भालुवाङ पुल्चोकको राष्ट्रिय चुरेक्षेत्र क्षेत्र अन्र्तगत राष्ट्रिय वनमा पर्ने सुकेको साल जिल्ला वन कार्यालय दाङको अनुमति बिना नै काट्न शुरु पछि स्थानियबासीले वन कार्यालयमा खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला वन कार्यालयको निर्देशनमा तत्काल रुख काट्न रोक लगाएको थियो । रित पु¥याएर रुख काटेको छु भन्दै गिरीले आशंकाको भरमा पत्रकार एमसीले नै वन कार्यालयमा खबर दिएको रिसमा उहाँ र उहाँकी श्रीमतीलाई अपशब्द तथा अश्लील शब्द प्रयोग गरी गाली बेइज्जती सहित हातको प्रयास गरेको स्थानियबासीले बताएका छन् ।

यसैबीच रुख कटानको उजुरीको बिषयलाई लिएर बुधबार राती गिरीले पत्रकार एमसी परिवार माथि भएको हातपातको बिषयलाई लिएर जिल्ला वन कार्यालय दाङको एक टोलीले घटना स्थलको अनुगमन गरी रुख काट्ने गिरीलाई वन ऐन अन्र्तगत मुद्दा चलाईने सहायक वन अधिकृत रामाज्ञा प्रसाद शाहले जानकारी दिनु भयो । उहाँले राष्ट्रिय वन क्षेत्रको रुख काट्दा जिल्ला वन कार्यालयको अनुमति तथा निर्णयबाट काट्ने प्रावधान हुँदाहुँदै पनि गिरीले आफू खुसी रुख कटान गरेको भन्दै कटानमा संलग्न जो कोहीलाई पनि नछोड्ने बताउनु भयो । 

     यता पत्रकार एमसीले आफू माथि भएको हातपातको प्रयास तथा ज्यानमार्ने धम्की दिने व्यक्तिलाई कार्वाही गरी न्याय तथा आवश्यक सुरक्षाको ग्यारेन्टीको माग गदै ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दर्ता गराउनु भएको छ । हातपातको प्रयास तथा ज्यानमार्ने धम्की दिने भालुवाङ पुल्चोक रातोडाँडाका बसन्त गिरी, उहाँकी श्रीमती गंगा गिरी र निजको घरमा डेरा गरी बस्ने राजु श्रेष्ठको बिरुद्ध किटानी जाहेरी दर्ता गराउनु भएको हो । यता पत्रकार बिदुर एमसी माथि बुधबार राती भएको हातपातको प्रयास तथा ज्यानमार्ने धम्की बिरुद्ध देउखुरी टुडे राष्ट्रिय साप्ताहिक तथा लालीगुराँस युवा मञ्च सिसहनियाँले दोषीलाई कडा कार्बाहीको माग गरेको छ ।

साप्ताहिकका प्रकाशक÷सम्पादक एवम् युवा मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ता तथा महासचिव ओमप्रकाश गुप्ताले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरी साप्ताहिकका समाचार सम्पादक तथा मञ्चका संस्थापक सल्लाहकार एवम् कार्यक्रम संयोजक एमसी माथि भएको दुव्र्यबहार प्रति कडा बिरोद्ध जनाउँदै शंकाको भरमा पत्रकार कै घरमा गई गाली बेइज्जती गर्नु स्वतन्त्र रुपमा पत्रकारिता गर्न अबरोध पु¥याउनु सञ्चारबिरोधी तथा अपराधिक कृयाकलाप भएको भन्दै दोषी उप कडा भन्दा कडा कार्वाहीको माग गर्नुका साथै पत्रकार एमसीको जीउज्यानको रक्षाका लागि प्रहरी, प्रशासन, पत्रकार, मानव अधिकारबादी र नागरिक समाज संग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने