साउन २०, मुगु । लगातार परेको पानीले सदरमुकाम गमगढीमा ल्याइएको खानेपानीको पाइप बगाएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या भएको छ । 

गमगढीवासीलाई लक्ष्य गरी पिना गाविसको झयारी खोलाबाट तानिएको खानेपानीको पाइप मङ्गलबार राति परेको पानीसँगै रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, मुगु । लगातार परेको पानीले सदरमुकाम गमगढीमा ल्याइएको खानेपानीको पाइप बगाएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या भएको छ । 

गमगढीवासीलाई लक्ष्य गरी पिना गाविसको झयारी खोलाबाट तानिएको खानेपानीको पाइप मङ्गलबार राति परेको पानीसँगै रा"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पहिरोले पाइप बगाएपछि खानेपानीको समस्या

२० श्रावण २०७३, बिहीबार १२:११

साउन २०, मुगु । लगातार परेको पानीले सदरमुकाम गमगढीमा ल्याइएको खानेपानीको पाइप बगाएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या भएको छ । 

गमगढीवासीलाई लक्ष्य गरी पिना गाविसको झयारी खोलाबाट तानिएको खानेपानीको पाइप मङ्गलबार राति परेको पानीसँगै रारा विमानस्थलदेखि दक्षिण ३० मिनेट टाढा माथिबाट आएको पहिराले करिब २०० मिटर बगाएको थियो । 

तीन दिनयताबाट गमगढीमा खानेपानीको आपूर्ति नभएपछि सदरमुकामवासी खानेपानी ल्याउन ३० मिनेट टाढा रहेको हुलुम खोला, चैन खोला, कार्कीखोला र ठिनी नाउला जान बाध्य छन् । 

सानो परिवार र घरमा मान्छे भएकालाई ३० मिनेट उकालो काटेर पानी ल्याउन सजिलो भए पनि घरमा मान्छे नहुने र होटल सञ्चालकलाई समस्या भएको छ । होटल व्यवसायी सङ्घ मुगुका अध्यक्ष विष्णुबहादुर मल्ल गमगढीमा रहेका होटलमा हिजोआज दुईचार जनाको दिनभरि खोलाबाट पानी बोक्ने काम हुने गरेको बताउनुहुन्छ । 

सदरमुकाममा ल्याइएको खानेपानीको मुहान १६ किमी टाढा रहेकाले र पाइप लाइन २०५६ सालमा गमगढीमा रहेको जनसङ्ख्यालाई मानी १८० धाराको अनुमानमा बनाइएकाले आपूर्ति कम हुँदा सधैँ खानेपानीको समस्या हुने गरे पनि यस पटक वर्षाको पानीले पाइपलाइनमाथिबाट पहिरो आउँदा २०० मिटर पाइप बगाउँदा समस्या भएको हो । 

बजारमा ६५ मिमी क्षमताको पाइप नपाउँदा र पहिरो जाने क्रम नरोकिएकाले बगेको पाइप जोड्न समस्या भएको गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्ल बताउनुहुन्छ । 

सदरमुकाममा ल्याइएको खानेपानीको क्षमता १८० घरधुरी बराबर भए पनि हाल जिल्लामा ५०० भन्दा बढी घरधुरी हुँदा खानेपानी पुग्ने समस्या झन् बढ्दै गएको छ । जिल्ला सदरमुकामबाट पाइप बगेको ठाउँ ११ किमीको दूरीमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने