साउन २०, मुगु । लगातार परेको पानीले सदरमुकाम गमगढीमा ल्याइएको खानेपानीको पाइप बगाएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या भएको छ । 

गमगढीवासीलाई लक्ष्य गरी पिना गाविसको झयारी खोलाबाट तानिएको खानेपानीको पाइप मङ्गलबार राति परेको पानीसँगै रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, मुगु । लगातार परेको पानीले सदरमुकाम गमगढीमा ल्याइएको खानेपानीको पाइप बगाएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या भएको छ । 

गमगढीवासीलाई लक्ष्य गरी पिना गाविसको झयारी खोलाबाट तानिएको खानेपानीको पाइप मङ्गलबार राति परेको पानीसँगै रा"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पहिरोले पाइप बगाएपछि खानेपानीको समस्या

२०७३, २० श्रावण बिहीबार १२:११

साउन २०, मुगु । लगातार परेको पानीले सदरमुकाम गमगढीमा ल्याइएको खानेपानीको पाइप बगाएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या भएको छ । 

गमगढीवासीलाई लक्ष्य गरी पिना गाविसको झयारी खोलाबाट तानिएको खानेपानीको पाइप मङ्गलबार राति परेको पानीसँगै रारा विमानस्थलदेखि दक्षिण ३० मिनेट टाढा माथिबाट आएको पहिराले करिब २०० मिटर बगाएको थियो । 

तीन दिनयताबाट गमगढीमा खानेपानीको आपूर्ति नभएपछि सदरमुकामवासी खानेपानी ल्याउन ३० मिनेट टाढा रहेको हुलुम खोला, चैन खोला, कार्कीखोला र ठिनी नाउला जान बाध्य छन् । 

सानो परिवार र घरमा मान्छे भएकालाई ३० मिनेट उकालो काटेर पानी ल्याउन सजिलो भए पनि घरमा मान्छे नहुने र होटल सञ्चालकलाई समस्या भएको छ । होटल व्यवसायी सङ्घ मुगुका अध्यक्ष विष्णुबहादुर मल्ल गमगढीमा रहेका होटलमा हिजोआज दुईचार जनाको दिनभरि खोलाबाट पानी बोक्ने काम हुने गरेको बताउनुहुन्छ । 

सदरमुकाममा ल्याइएको खानेपानीको मुहान १६ किमी टाढा रहेकाले र पाइप लाइन २०५६ सालमा गमगढीमा रहेको जनसङ्ख्यालाई मानी १८० धाराको अनुमानमा बनाइएकाले आपूर्ति कम हुँदा सधैँ खानेपानीको समस्या हुने गरे पनि यस पटक वर्षाको पानीले पाइपलाइनमाथिबाट पहिरो आउँदा २०० मिटर पाइप बगाउँदा समस्या भएको हो । 

बजारमा ६५ मिमी क्षमताको पाइप नपाउँदा र पहिरो जाने क्रम नरोकिएकाले बगेको पाइप जोड्न समस्या भएको गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्ल बताउनुहुन्छ । 

सदरमुकाममा ल्याइएको खानेपानीको क्षमता १८० घरधुरी बराबर भए पनि हाल जिल्लामा ५०० भन्दा बढी घरधुरी हुँदा खानेपानी पुग्ने समस्या झन् बढ्दै गएको छ । जिल्ला सदरमुकामबाट पाइप बगेको ठाउँ ११ किमीको दूरीमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट