महेन्द्र केसी/साउन २०, पर्बत । जिल्ला अस्पताल पर्वतमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुति गराइएको छ । जिल्ला अस्पतालमा बुधबार व्यथा लागेपछि ल्याइएकी दुर्लुङ ७ की १९ बर्षिया स्मृति गुरुङको शल्यक्रिया मार्फत प्रसुती गराइएको जिल्ला अस्पातल पर्वतले जनाएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/साउन २०, पर्बत । जिल्ला अस्पताल पर्वतमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुति गराइएको छ । जिल्ला अस्पतालमा बुधबार व्यथा लागेपछि ल्याइएकी दुर्लुङ ७ की १९ बर्षिया स्मृति गुरुङको शल्यक्रिया मार्फत प्रसुती गराइएको जिल्ला अस्पातल पर्वतले जनाएको छ "/>
२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बत जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुती सेवा

२०७३, २० श्रावण बिहीबार १३:०४

महेन्द्र केसी/साउन २०, पर्बत । जिल्ला अस्पताल पर्वतमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुति गराइएको छ । जिल्ला अस्पतालमा बुधबार व्यथा लागेपछि ल्याइएकी दुर्लुङ ७ की १९ बर्षिया स्मृति गुरुङको शल्यक्रिया मार्फत प्रसुती गराइएको जिल्ला अस्पातल पर्वतले जनाएको छ । 

बच्चा निश्कने ठाउँ साघुरो भएका कारण सहज रुपमा प्रसुती गराउन नसकिने देखिएपछि अप्रेशनको लागि अभिभावसँग मन्जुरी माग्दा उहाँहरुले सहर्ष  स्वीकार गरेका कारण पनि आफुहरुले जिल्लामा पहिलो पटक जिल्ला अस्पतालमा प्रस्तुती सेवा शल्याक्रियामार्फत दिन सकेको अस्पतालका प्रमुख डा. फणिन्द्र प्रसाद बरालले बताए । 

बच्चाको टाउको ठूलो थियो बच्चा निश्कने हर सानो थियो जसका कारण नर्मल रुपमा बच्चा बाहिर निश्कने अबस्था थिएन हामीले उहाँहरुलाई जिल्लाको पछिल्लो सेवाका बारेमा जानकारी गरायौं त्यसपछि उहाँहरुले हामीमाथि विश्वास गर्नुभयो अनि हामी सफल भयौं , उनले भने । अहिले बच्चा र आमा दुवैको स्वस्थ्य अबस्था सामान्य रहेको छ । यसअघि सामान्य खालका शल्यक्रियाका लागि अन्यत्र जिल्ला पठाउनुपर्ने वाध्यता थियो ।

अप्रेशन मार्फत भएपनि सहज रुपमा जिल्ला अस्पतालबाट सेवा लिन पाएकोमा आफुलाई खुसि लागेको सुत्केरी स्मृति गुरुङले बताइन । उनका अभिभावकले जिल्लामा अप्रेशनमार्फत गर्नुपर्ने जटिल केशका सुत्केरी गराउने सुविधा भएको र आफुहरुलाई पोखारा काठमाडौ जानको लागि नपरेको भन्दै खुसी व्यक्त गरे । यो सँगै अब जिल्लामा अप्रेशन मार्फत प्रसुती गराउनुपर्नेलाई पोखरा काठमाडौ जानुपर्ने बाध्यता हटेको छ । 

जिल्लामा अझै अप्रेशनकालागि आवश्यक स्रोत र साधनको कमि भएको भन्दै अब छिटै सवैको कुराको व्यवस्था मिलाइ आफुले अप्रेशन सेवा समेत अस्पतालबाट प्रदान गर्ने योजना बनाएको प्रमुख डा. बरालको भनाइ छ । 

यो सँगै जिल्ला अस्पतालबाट नियमित रुपमा अप्रेशनद्घारा गरिने प्रसुति सेवा, जटिल प्रकारका प्रसुति सेवा साथै अन्यअपे्रशनहरु जस्तै एपेन्डिसाइटिस, हर्निया, हाईड्रोसिल, ऐजेरु लगायतका विभिन्न अप्रेशनहरु सुचारु रुपमा प्रदान गरिने उनले बताए । 

नेपाल सरकारको उच्च प्राथमिकतामा परि जिल्ला अस्पतालमा परिवार स्वास्थ्य महाशाखाबाट कार्यक्रम ओ.टी.सेवा सुचारु गर्नको लागि अनुमति पाइसकेको छ । अस्पतालले अप्रेसन कक्ष निर्माण गरिसकेको छ भने अनय उपकरणहरु पनि खरिद गरिसेकेको छ । साथै अस्पतालबाट २४ सै घण्टा एक्सेरे, भिडियो एक्सरे, ल्याब सेवा समेत नियमित रुपमा संचालन भैरहेको जिल्ला अस्पतालले जनाएको छ ।

 जिल्ला अस्पतालमा आउने विरामीहरुलाई दिने सेवामा पनि व्यापक परिवर्तनको महसुस हुन थालेको छ । 

अस्पतालमा डाक्टर वराल आएपछि परिवर्तनका संकेत देखिन थालेका हुन । हालै टिकटमा ससुल्क सेवा शुरु गरिएको छ भने अस्पतालको सरसफाई र खानेपानीको व्यवस्थापनलाई चुस्त गराइएको छ । विरामीहरुलाई ढुक्क हुने वाताबरण तयार पार्न लागिपरेको डाक्टर वरालले बताउनुभयो । अस्पतालले अहिले २४ सै घण्टा भिडियो एक्सरे सेवा, ल्याव तथा फार्मेसी सेवा, वहिरंग तथा अन्तरंग सेवा, ईर्मेजेन्सि सेवा, वालस्वास्थ्य सेवा, मातृशिशु सेवा लगायतका सेवाहरुमा पनि नयापनको शुरुवात गरेको छ । 

अस्पतालले सरकारवाट प्राप्त हुने ७२ प्रकारका निशुल्क औषधी मध्ये उपलब्ध भएका प्राय औषधीहरु वितरण गर्ने गरेको छ । जिल्लाका अन्य स्वास्थ्यकेन्द्रको नियमित अनुगमनलाई पनि कडाई गरिएको छ । जिल्ला अस्पतालमा आउने कुनै पनि विरामीहरुले सेवाका बारेमा गुनासो गर्ने ठाउ नै नरहने गरि काम गरिरहेको असपताल विकास समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो । जिल्ला अस्पतालमा कर्मचारीहरुको मिलेमतो नहुदा विरामीहरुले सास्ती पाउने गरेको, सरसफाई नभएको, विरामीहरुलाई समयमा उपचार नदिएको लगायतका गुनासोहरु सञ्चारमाध्यमवाट प्रसारण्न भएपछि अस्पतालले आन्तरिक अनुसासनमा कडाई गरेको पौडेलले बताए ।

 सफा कुश्मा अभियानलाई सार्थक तुल्याउन भर्नौं या कुश्मा बजारलाई        हराबरा तथा प्लाष्टिक मुक्त बनाउनको लागि गठन भएको शिवालय टोल सुधार समितिले आफ्ना कामलाई व्यपकता दिएको छ ।

 शिवालय टोलसुधार समितिले ६ वटा उप टोलसुधार समिति गठन गरी विहिबार प्रत्येक उपसमितिलाई एक पाङ्ग्रे ठेलागाडा, ६ थान डस्बीन हस्तान्तरण गरेको टोल सुधार समितिका अध्यक्ष फुलराज शर्माले जानकारी दिए । उपसमितिलाई जिम्मेवारीका साथ कर्तव्य बोध गराउँदै सरसफाइका सामाग्र्री वितरण गरेको बताए ।

उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका कार्यकारी चण्डिका पौडेलले समितिले गरेको कार्यको प्रशंसा गरे । आगामी दिनका समितिको कार्यको मुल्याङकन गर्दै सहयोग 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो