कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७"/>
२५ पुष २०८२, शुक्रबार
बाग्लुङ्ग - BGL

दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी सम्पन्न

२१ श्रावण २०७३, शुक्रबार ००:४४

कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७३ को कुल ७३ लाख ९२ हजार २ सय वयालिस रुपयाँवजेटवाट संचालित योजना तथा खर्चको समिक्षा गरिएको थियो ।

कार्यक्रममा दगातुन्डाडामा क्रियाशिल राजनैतिक दलको तर्फवाट नेपाली काग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, नेकपा माओवादी केन्द्रका मनोज गैरे, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, आदिवासी जनजाति गाउँ समन्वय परिषद्का ढालेन्द्र शेरचन, त्रिभुवन उमावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, गिरिङ्दीखोला लघु जलविद्युत सहकारीका कोषाध्यक्ष दुर्गा अर्याल, महिला जागरण केन्द्र दगातुन्डाडाका अध्यक्ष विना थापा, पशुसेवा केन्द्रका प्रमुख महेन्द्रराज पन्थी, तारेभिर खानेपानी आयोजनाका अध्यक्ष प्रेमलाल पोखरेल, वालविकास केन्द्रको तर्फवाट मेघनाथ खरेल, वडा नागरिक मञ्चको तर्फवाट होसियार सिंह थापा, लगाएतले आआफुले संचालन गरेको योजना तथा कार्यान्वयनको अवस्थाको वारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रम गाविस सचिव एवं अध्यक्ष गिता पौडेलको अध्यक्षता तथा सामाजिक परिचालक गिता पोखरेलको संचालनमा सम्पन्न भएको थियो । यसै विच रेडियो सारथीको समन्वयमा दगातुन्डाडा गाविसको सार्वजनिक सुनुवाई कार्यक्रम पनि सोहि अवसरमा सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरुले योजनाको वारेमा जानकारी गराएका थिए । जसअनुसार खर्वाङ नौटुवा सिसाखानी मोटरवाटो मर्मतमा ४० हजार, शेषकान्त मैदान वालविकास केन्द्रको लागी २० हजार, तल्लो लब्धीखोला लघुजल विद्युत परियोजनाको लागी १ लाख, गिरिंदि खोला लघु जल विद्युत परियोजनाको लागी १ लाख, त्रिभुवन उमावि को भवन निर्माणको लागी ७ लाख, ज्यांना सक्न्यार मोटरवाटो निर्माणमा १ लाख २ हजार, खड्गदेवि उमावि खेलमैदान निर्माणमा २ लाख, महिला लक्षित कार्यक्रमको लागी १ लाख ५५ हजार, आदिवासी लक्षित कार्यक्रममा १ लाख ४५ हजार, अपाङ्ग लक्षित कार्यक्रमको लागी ५ हजार, जेष्ठनागरिक लक्षित कार्यक्रमको लागी ५ हजार, दलित लक्षित कार्यक्रमको लागी १५ हजार, कृषि कार्यक्रममा १५ हजार, पशु सेवा कार्यक्रममा २५ हजार, खर्वाङ देखि प्रहरी चौकि हुँदै वालविकास जाने सिंढि निर्माणमा ८४ हजार, बालबालिका लक्षित कार्यक्रममा १ लाख ५ हजार खर्च भएको जानकारी गराइएको छ।

त्यस्तै सामाजिक सुरक्षा भत्तामा ३९ लाख २२ हजार ८ सय, संचालन खर्च ४ लाख ५३ हजार रहेको जानकारी गराइएको थियो । गत आर्थिक वर्षमा दगातुन्डाडा गाविसले आन्तरिक आम्दानी ३ लाख २२ हजार २ सय ३४ गरेको छ।

सार्वजनिक सुनुवाई कार्यक्रम गाविस सचिव एवं अध्यक्ष गिता पौडेलको अध्यक्षता तथा रेडियो सारथीका स्टेसन म्यानेजर विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो