कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७"/>
२०८२, ३० फाल्गुन शनिबार
बाग्लुङ्ग - BGL

दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी सम्पन्न

२०७३, २१ श्रावण शुक्रबार ००:४४

कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७३ को कुल ७३ लाख ९२ हजार २ सय वयालिस रुपयाँवजेटवाट संचालित योजना तथा खर्चको समिक्षा गरिएको थियो ।

कार्यक्रममा दगातुन्डाडामा क्रियाशिल राजनैतिक दलको तर्फवाट नेपाली काग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, नेकपा माओवादी केन्द्रका मनोज गैरे, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, आदिवासी जनजाति गाउँ समन्वय परिषद्का ढालेन्द्र शेरचन, त्रिभुवन उमावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, गिरिङ्दीखोला लघु जलविद्युत सहकारीका कोषाध्यक्ष दुर्गा अर्याल, महिला जागरण केन्द्र दगातुन्डाडाका अध्यक्ष विना थापा, पशुसेवा केन्द्रका प्रमुख महेन्द्रराज पन्थी, तारेभिर खानेपानी आयोजनाका अध्यक्ष प्रेमलाल पोखरेल, वालविकास केन्द्रको तर्फवाट मेघनाथ खरेल, वडा नागरिक मञ्चको तर्फवाट होसियार सिंह थापा, लगाएतले आआफुले संचालन गरेको योजना तथा कार्यान्वयनको अवस्थाको वारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रम गाविस सचिव एवं अध्यक्ष गिता पौडेलको अध्यक्षता तथा सामाजिक परिचालक गिता पोखरेलको संचालनमा सम्पन्न भएको थियो । यसै विच रेडियो सारथीको समन्वयमा दगातुन्डाडा गाविसको सार्वजनिक सुनुवाई कार्यक्रम पनि सोहि अवसरमा सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरुले योजनाको वारेमा जानकारी गराएका थिए । जसअनुसार खर्वाङ नौटुवा सिसाखानी मोटरवाटो मर्मतमा ४० हजार, शेषकान्त मैदान वालविकास केन्द्रको लागी २० हजार, तल्लो लब्धीखोला लघुजल विद्युत परियोजनाको लागी १ लाख, गिरिंदि खोला लघु जल विद्युत परियोजनाको लागी १ लाख, त्रिभुवन उमावि को भवन निर्माणको लागी ७ लाख, ज्यांना सक्न्यार मोटरवाटो निर्माणमा १ लाख २ हजार, खड्गदेवि उमावि खेलमैदान निर्माणमा २ लाख, महिला लक्षित कार्यक्रमको लागी १ लाख ५५ हजार, आदिवासी लक्षित कार्यक्रममा १ लाख ४५ हजार, अपाङ्ग लक्षित कार्यक्रमको लागी ५ हजार, जेष्ठनागरिक लक्षित कार्यक्रमको लागी ५ हजार, दलित लक्षित कार्यक्रमको लागी १५ हजार, कृषि कार्यक्रममा १५ हजार, पशु सेवा कार्यक्रममा २५ हजार, खर्वाङ देखि प्रहरी चौकि हुँदै वालविकास जाने सिंढि निर्माणमा ८४ हजार, बालबालिका लक्षित कार्यक्रममा १ लाख ५ हजार खर्च भएको जानकारी गराइएको छ।

त्यस्तै सामाजिक सुरक्षा भत्तामा ३९ लाख २२ हजार ८ सय, संचालन खर्च ४ लाख ५३ हजार रहेको जानकारी गराइएको थियो । गत आर्थिक वर्षमा दगातुन्डाडा गाविसले आन्तरिक आम्दानी ३ लाख २२ हजार २ सय ३४ गरेको छ।

सार्वजनिक सुनुवाई कार्यक्रम गाविस सचिव एवं अध्यक्ष गिता पौडेलको अध्यक्षता तथा रेडियो सारथीका स्टेसन म्यानेजर विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु