साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् । 

घरमा भएको खाद्यान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् । 

घरमा भएको खाद्यान"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बाढीप्रभावित भन्छन् – राहत पाइएन

२०७३, २१ श्रावण शुक्रबार ०५:४२

साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् । 

घरमा भएको खाद्यान्न, लत्ताकपडासहित अन्य महत्वपूर्ण सामग्री सबै पानीले बगायो तर राहतको नाममा केही किलो चामल र केही कपडाबाहेक केही पाउन सकिएन बाढी प्रभावितको गुनासो छ । 

दुई हप्ताअघि आएको बाढीका कारण जिल्लामा एक हजारभन्दा बढी घर प्रभावित बनेको जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क छ । एक हजार ५०० भन्दा बढी बिगाहामा लगाएको धानबाली डुबानमा परेको छ भने ५०० बढी बिगाहामा लगाएको धानबाली नष्ट भएको अनुमान छ । 

अहिलेसम्मको विवरणअनुसार ९०० घरपरिवारले बाढीको क्षति बारे निवेदन दिएका छन् जसमा धानबाली र कटानको क्षति छन् । केही घर नष्ट भएको पनि निवेदनमा उल्लेख छ । आंशिक क्षति हुने घरको सङ्ख्या बढी छ । बाढीले सबैभन्दा बढी रामग्राम नगरपालिकामा क्षति पु¥याएको छ । 

त्यस्तै, सुनवल, हकुई, बञ्जरिया, दुम्किवास, नयाँबेलहानी, सनई, रामपुरखडौना, भुजहवा, रमपुरवा, नर्सही लगायत गाविसमा क्षति पुगेको थियो । जिल्ला दैवी प्रकोप समितिमा क्षतिपूर्ति र राहतका लागि निवेदनको चाङ छ तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन । 

प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार प्रकोपमा परेर मृत्यु भएमा रु ४० हजार र पूर्णरुपमा घर क्षति भएकालाई रु पाँच हजारबाहेक अन्य राहत रकम उपलब्ध गराउने सरकारी प्रावधान छैन । 

राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरिएको र सोही अनुसार समितिको समन्वयमा प्रभावित स्थानमा राहत वितरण गरिएको प्रजिअ पन्थले बताउनुभयो ।अहिलेसम्म करिब ८०० बाढी प्रभावितलाई सामान्य मात्रामा राहत सामग्री वितरण गरिएको प्रजिअ पन्थले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते