साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् । 

घरमा भएको खाद्यान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् । 

घरमा भएको खाद्यान"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बाढीप्रभावित भन्छन् – राहत पाइएन

२१ श्रावण २०७३, शुक्रबार ०५:४२

साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् । 

घरमा भएको खाद्यान्न, लत्ताकपडासहित अन्य महत्वपूर्ण सामग्री सबै पानीले बगायो तर राहतको नाममा केही किलो चामल र केही कपडाबाहेक केही पाउन सकिएन बाढी प्रभावितको गुनासो छ । 

दुई हप्ताअघि आएको बाढीका कारण जिल्लामा एक हजारभन्दा बढी घर प्रभावित बनेको जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क छ । एक हजार ५०० भन्दा बढी बिगाहामा लगाएको धानबाली डुबानमा परेको छ भने ५०० बढी बिगाहामा लगाएको धानबाली नष्ट भएको अनुमान छ । 

अहिलेसम्मको विवरणअनुसार ९०० घरपरिवारले बाढीको क्षति बारे निवेदन दिएका छन् जसमा धानबाली र कटानको क्षति छन् । केही घर नष्ट भएको पनि निवेदनमा उल्लेख छ । आंशिक क्षति हुने घरको सङ्ख्या बढी छ । बाढीले सबैभन्दा बढी रामग्राम नगरपालिकामा क्षति पु¥याएको छ । 

त्यस्तै, सुनवल, हकुई, बञ्जरिया, दुम्किवास, नयाँबेलहानी, सनई, रामपुरखडौना, भुजहवा, रमपुरवा, नर्सही लगायत गाविसमा क्षति पुगेको थियो । जिल्ला दैवी प्रकोप समितिमा क्षतिपूर्ति र राहतका लागि निवेदनको चाङ छ तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन । 

प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार प्रकोपमा परेर मृत्यु भएमा रु ४० हजार र पूर्णरुपमा घर क्षति भएकालाई रु पाँच हजारबाहेक अन्य राहत रकम उपलब्ध गराउने सरकारी प्रावधान छैन । 

राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरिएको र सोही अनुसार समितिको समन्वयमा प्रभावित स्थानमा राहत वितरण गरिएको प्रजिअ पन्थले बताउनुभयो ।अहिलेसम्म करिब ८०० बाढी प्रभावितलाई सामान्य मात्रामा राहत सामग्री वितरण गरिएको प्रजिअ पन्थले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो