सम्राट सिंह, साउन २१, बझाङ । रायल गाविसमा घाँस काट्ने क्रम भिर बाट लडेर एक जना महीलाको मृत्यु भएको छ । रायल गाविस ६ कोटी गाँउकी २१ बर्षीया बेल देवि विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा भिरबाट लडेर घटना स्थलमा नै ज्यान गएको उनका आफन्त पुर्ण बहादुर विष्टले बताए । भिर बाट लड्दा २ सय मीटर तल खसेको समेत उनको भनाइ छ । मृतककी १ बर्षीया छोरी छन भने उनका श्रीमान सुरेश विष्ट रोजगारीका सिलसिलामा भारतमा गएका छन ।