महेन्द्र केसी/साउन २०, पर्बत । पर्वतमा पहिलो पटक रक्तसंचार सेवा केन्द्रको स्थापना भएको छ । 

नेपाल रेडक्रस सोसाइटी पर्वतको सक्रियतामा जिल्लामा पहिलो पटक ब्लड बैकको स्थापना भएको । पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया शुरु भएसँगै रेडक्रसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/साउन २०, पर्बत । पर्वतमा पहिलो पटक रक्तसंचार सेवा केन्द्रको स्थापना भएको छ । 

नेपाल रेडक्रस सोसाइटी पर्वतको सक्रियतामा जिल्लामा पहिलो पटक ब्लड बैकको स्थापना भएको । पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया शुरु भएसँगै रेडक्रसल"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा पहिलो पटक ब्लड बैकको स्थापना

२०७३, २२ श्रावण शनिबार ०७:३६

महेन्द्र केसी/साउन २०, पर्बत । पर्वतमा पहिलो पटक रक्तसंचार सेवा केन्द्रको स्थापना भएको छ । 

नेपाल रेडक्रस सोसाइटी पर्वतको सक्रियतामा जिल्लामा पहिलो पटक ब्लड बैकको स्थापना भएको । पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया शुरु भएसँगै रेडक्रसले ब्लड बैकको स्थापना गरेको हो ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सभापति संजिव थापाले उक्त केन्द्रको उद्घाटन गरे । कार्यक्रममा बोल्दै थापाले रेडक्रसको मानविय सेवा नै मूल नारा भएका कारण पनि मानविय सायहताका लागि क्रियाशिल हुने बताए । 

उनले जिल्लामा पहिलोपटक रक्तसंचार केन्द्रको स्थापनाले जिल्लामा आवश्यक पर्ने रगतका पु्त्र्तिलाई सहगाउनेमा आफु विश्वस्त भएको बताए । कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले जिल्लामा पहिलो पटक जिल्ला अस्पतालमा अप्रेशन सेवा शुरु हुनु, रेडक्रसले ब्लड बैकको स्थापना गर्नु जिल्लाको विकासको संकेत भएको बताए । कमजोर आर्थिक अबस्था भएका नागरीकले अप्रशेनको लागि टाढा जानुपर्ने बाध्यता अब क्रमश जिल्ला अस्पतालले पुरा गर्ने भन्दै त्यसको लागि सवै राजनीतिक दल, बुद्धिजिवीहरु लाग्नुपर्नमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्लामा पहिलो पटक अस्पताल र रेडक्रसले शुरु गरेको शल्यक्रिया र रक्तसंचार केन्द्रले जिल्लाबासीको स्वस्थ्यमा चाँसो दिएको बताए । उनले उक्त क्षेत्रलाई प्रभावकारी गराउनुको लागि आवश्य पहल गर्नु पर्नेमा जोड दिए । रेडक्रस सोसाइट्री पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत उप सभापति इन्द्रमान खत्रीले गरेका थिए भने संचालन गोविन्द पराजुलीले गरेका थिए ।

कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज पौडेल, कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेल, काँग्रेसकी सरस्वती शर्मा जिज्ञासु,   एमाले पर्वतमा सचिव पदपाणी शर्मा, परिवार दलकी अध्यक्ष समिक्षा शर्मा, नेरोसका पूर्व केन्द्रिय सदस्य मथुरा कुमार जोशी, डा. फणिन्द्र प्रसाद बराल, उवासंघ पर्वतमा बरिष्ठ उपाध्यक्ष गोपी अधिकरी, लायन्स शिवालयका अध्यक्ष विशम कुमार श्रेष्ठ लगाएतले आआफ्नो धाराणा राखेका थिए । 

नेरेसोले जिल्लामा बाढी, पहिरो तथा अन्य विपदको बेलामा राहत वितरण तथा मानविय सहायता गर्दै आइरहेको छ । सोही अबसरमा  जिल्लामा जिप्रका, शसस्त्र र सेनाका जवानहरुले रक्तदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार