नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् । "/>
१७ माघ २०८२, शुक्रबार
बैतडी - BTD

छुट्टै गाउँपालिकाको माग गर्दै श्रीकोटका स्थानीयद्वारा यातायात ठप्प

२२ श्रावण २०७३, शनिबार ०८:०७

नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् ।  

श्रीकोट, श्रीकेदार, देउलेक, सित्तड, न्वाली, रीम, कटौजपानी, हटैराज समेटेर छुट्टै गाउपालिका बनाउनपर्ने माग राख्दै स्थानीयले यातायात ठप्प पारेका हुन । 

स्थानीय क्षेत्रका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आवद्ध जिल्ला स्तरीय कार्यकर्ताहरुले बिज्ञप्ती प्रकाशित गरी यातायात बन्दको घोषणा गरेका हुन । विज्ञप्तीमा नेपाली कांग्रेसको भातृ संगठन तरुणदलका जिल्ला अध्यक्ष समेत रहेका घनश्याम भट्ट, नेकपा एमाले जिल्ला कमिटिका उपसचिव समेत रहेका चक्र कार्की र माओवादी केन्द्रका जिल्ला सदस्य रहेका नवराज भट्टले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

शुक्रबार विज्ञप्ती जारी गर्दै पुर्नसंरचना कार्यदलद्धारा प्रस्तावित खाकाको विरोधमा शनिवार बिहानैदेखि यातायात अवरुद्ध गरेका हुन । 

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई लिखित तथा मौखिक रुपमा जानकारी गराउदा समेत आफुहरुको माग बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको उनीहरुले बताए । 

यातायात बन्दका कारण गोकुलेश्वर, दार्चुला, गन्ना लगायतका क्षेत्रमा जाने र आउने यातायातका साधन बाटोमै रोकिएका छन् । समितिले बैतडीले तयार गरेको प्रारम्भिक खाकामा यी गाविसहरुलाई दशरथचन्द नगरपालिकामा समेटेको छ ।  

यस्तै, देहिमाण्डौं, गुरुखोला, दुर्गास्थान, ग्वाल्लेक, नागार्जुन लगायत क्षेत्रका बासिन्दाले छुट्टै गाउपालिकाको माग गरेका छन् । देहिमाण्डौंमा सर्वपक्षीय भेला बोलाएर आफुहरुको माग नसमेटे आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक