साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा भ्यानको ठक्करबाट बालकको मृत्यु

२२ श्रावण २०७३, शनिबार ०८:३०

साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा११ च ९६८२ नं सिङ्गल क्याप भ्यानले तनहुँको बन्दिपुर नगरपालिका– ६ विमलनगरस्थित पृथ्वीराजमार्गमा ठक्कँर दिँदा सो दुर्घटना भएको हो । 

उक्त भ्यानमा सवार सिन्धुपाल्चोक जिल्ला चौतारा गाविस– ६ बस्ने वर्ष ४२ का केदार शर्मा घाइते भएकोले डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उक्त भ्यानको ठक्करबाट सख्त घाइते भएका बालक चेपाङको उपचारको लागि दमौली अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । उक्त भ्यान र चालक इलाका प्रहरी कार्यालय डुम्रेको नियन्त्रणमा रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने