सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित स"/>
२६ पुष २०८२, शनिबार
दाङ्ग - DNG

सामुदायिक प्रहरीको विद्यार्थी केन्द्रित सचेतना अभियान

२२ श्रावण २०७३, शनिबार ०९:३७

सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित सडक दुर्घटनाबाट बच्न र बचाउन तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न देउखुरीका विद्यालयहरुमा विद्यार्थी केन्द्रित सचेतना अभियान शुरु गरेको छ ।  

ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको समन्वय तथा प्राविधिक सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले ईलाका प्रहर िकार्यालय भालुवाङको कार्यक्षेत्र भित्रका सामुदायिक तथा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम शुरु गरेको हो ।  

पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर विद्यालय जाने विद्यार्थीहरु सडक दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै भालुवाङ्ग सामुदायिक प्रहरीले विद्यार्थी केन्द्रित सचेतना अभियान सञ्चालन गरेको हो । अभियानको पहिलोे दिन मुनलाईट उच्च मावि लालमटियामा शुक्रबार एक दिने ट्राफिक सचेतना तथा आगुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यालयमा पढ्ने बालबालिकाहरु राजमार्ग भएर आवत—जावत गर्दा हुन सक्ने सडक दुर्घटना न्यूनिकरण गर्न, टा«फिक नियमबारे जानकारी गराउन तथा पछिल्लो समयमा लागुऔषध प्रयोग बालबालिका बढी मात्रमा देखिएको भन्दै सचेतना कार्यक्रम मार्फत सजग गराउन किद्यार्थी केन्द्रित सचेतना अभियान थालेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेले जानकारी दिनु भयो । 

यो अभियानले केही हद सम्म सडक दुर्घटना कम गर्न महत्वपूर्ण भुमिका खेल्ने छ, केन्द्रकी अध्यक्ष न्यौपानेले भन्नु भयो । यो अभियान ईलाका प्रहरी कार्यालय भालुवाङ्गको कार्यक्षेत्र भित्र लालमटिया, सिसहनियाँ र गोबरडिहा गाविसमा रहेका क्याम्पस, उच्च मावि, सामुदायिक तथा निजी विद्यालयहरुमा सञ्चालन गरिने छ, केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ताले जानकारी दिनु भयो । बिशेष गरी राजमार्गमा हुने सडक दुर्घटनामा बालबालिका दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै यो अभियान विद्यालय केन्द्रित बनाएको उपाध्यक्ष गुप्ताको भनाई छ ।

मुनलाईट उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष रामबहादुर कुवरको अध्यक्षतामा भएको ट्राफिक सचेतना कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरिक्षकद्धय रोहित कँवर र नबिनकुमार भट्टराईले आगुऔषध प्रयोगको अवस्था, स्वास्थ्य, जीवन, समाज र परिवारमा पार्ने नकरात्मक असर, बच्ने उपाय लगायतका बिषयमा सैद्धान्तिक तथा डकुमेन्ट्री समेत प्रदर्शन गर्नु भएको थियो  भने अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरक्षक अम्मर थापाले ट्राफिक नियम, सडकमा हिडडुल गर्दा ध्यान दिनु पर्ने कुरा, सडक दुर्घटना कम गर्न विद्यार्थीको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । 

विद्यालयका प्रधानध्यापक छविलाल थापा र प्लस टु संयोजक मिनबहादुर बुढाथोकी लगायतका बक्ताले ट्राफिक प्रहरीले सञ्चालन गरेको विद्यालय केन्द्रित ट्राफिक सचेतना अभियान अत्यन्तै सकारात्मक रहेको बताएका थिए । कार्यक्रमको सहर्जीकरण शिक्षिका मुना गिरीले गर्नु भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने