सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित स"/>
२०८२, १ चैत्र आईतवार
दाङ्ग - DNG

सामुदायिक प्रहरीको विद्यार्थी केन्द्रित सचेतना अभियान

२०७३, २२ श्रावण शनिबार ०९:३७

सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित सडक दुर्घटनाबाट बच्न र बचाउन तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न देउखुरीका विद्यालयहरुमा विद्यार्थी केन्द्रित सचेतना अभियान शुरु गरेको छ ।  

ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको समन्वय तथा प्राविधिक सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले ईलाका प्रहर िकार्यालय भालुवाङको कार्यक्षेत्र भित्रका सामुदायिक तथा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम शुरु गरेको हो ।  

पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर विद्यालय जाने विद्यार्थीहरु सडक दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै भालुवाङ्ग सामुदायिक प्रहरीले विद्यार्थी केन्द्रित सचेतना अभियान सञ्चालन गरेको हो । अभियानको पहिलोे दिन मुनलाईट उच्च मावि लालमटियामा शुक्रबार एक दिने ट्राफिक सचेतना तथा आगुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यालयमा पढ्ने बालबालिकाहरु राजमार्ग भएर आवत—जावत गर्दा हुन सक्ने सडक दुर्घटना न्यूनिकरण गर्न, टा«फिक नियमबारे जानकारी गराउन तथा पछिल्लो समयमा लागुऔषध प्रयोग बालबालिका बढी मात्रमा देखिएको भन्दै सचेतना कार्यक्रम मार्फत सजग गराउन किद्यार्थी केन्द्रित सचेतना अभियान थालेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेले जानकारी दिनु भयो । 

यो अभियानले केही हद सम्म सडक दुर्घटना कम गर्न महत्वपूर्ण भुमिका खेल्ने छ, केन्द्रकी अध्यक्ष न्यौपानेले भन्नु भयो । यो अभियान ईलाका प्रहरी कार्यालय भालुवाङ्गको कार्यक्षेत्र भित्र लालमटिया, सिसहनियाँ र गोबरडिहा गाविसमा रहेका क्याम्पस, उच्च मावि, सामुदायिक तथा निजी विद्यालयहरुमा सञ्चालन गरिने छ, केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ताले जानकारी दिनु भयो । बिशेष गरी राजमार्गमा हुने सडक दुर्घटनामा बालबालिका दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै यो अभियान विद्यालय केन्द्रित बनाएको उपाध्यक्ष गुप्ताको भनाई छ ।

मुनलाईट उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष रामबहादुर कुवरको अध्यक्षतामा भएको ट्राफिक सचेतना कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरिक्षकद्धय रोहित कँवर र नबिनकुमार भट्टराईले आगुऔषध प्रयोगको अवस्था, स्वास्थ्य, जीवन, समाज र परिवारमा पार्ने नकरात्मक असर, बच्ने उपाय लगायतका बिषयमा सैद्धान्तिक तथा डकुमेन्ट्री समेत प्रदर्शन गर्नु भएको थियो  भने अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरक्षक अम्मर थापाले ट्राफिक नियम, सडकमा हिडडुल गर्दा ध्यान दिनु पर्ने कुरा, सडक दुर्घटना कम गर्न विद्यार्थीको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । 

विद्यालयका प्रधानध्यापक छविलाल थापा र प्लस टु संयोजक मिनबहादुर बुढाथोकी लगायतका बक्ताले ट्राफिक प्रहरीले सञ्चालन गरेको विद्यालय केन्द्रित ट्राफिक सचेतना अभियान अत्यन्तै सकारात्मक रहेको बताएका थिए । कार्यक्रमको सहर्जीकरण शिक्षिका मुना गिरीले गर्नु भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार