साउन २२, बर्दिया । वैदशिक रोजगार तथा अन्य शिलशिलामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साउन २२, बर्दिया । वैदशिक रोजगार तथा अन्य शिलशिलामा"/>
२६ पुष २०८२, शनिबार
बर्दिया - BRD

नेपाली विवाह डटकमको गिती सामग्री लोकार्पण

२२ श्रावण २०७३, शनिबार १५:२४

साउन २२, बर्दिया । वैदशिक रोजगार तथा अन्य शिलशिलामा विदेशमा बस्ने नेपालीहरुले आफ्नो संस्कार र संस्कृति विर्सिएको र वैवाहिक सम्बन्ध पनि गैर नेपालीहरुसँग कायम गर्ने गरेकोले अन्तर संस्कृतिका कारण पारीवारिक बेमेल भैरहेको अवस्थामा बर्दियाको घरेलु तथा साना उद्योग कार्यालयमा उमा कम्युनिकेशनको नाममा विधिवत दर्ता गरी सो कम्युनिकेशनबाट शुरु गरिएको अनलाईन विवाह सेवा नेपाली विवाह डट कमको सांगितीक प्रचारात्मक सामग्रीको आज सदरमुकाम गुलरियामा लोकार्पण गरिएको छ । 

कृष्णसार पाठक मञ्चको २९ औं श्रृंखलाको कार्यक्रममा सो प्रचारात्मक गिती सामग्रीको लोकार्पण गरिएको हो । बर्दियाली कलाकर्मी प्रभात सुवेदीको रचना, संगीत र प्रभात सुवेदी र पारु शाहीको आवाज रहेको यो गीतको संगीत संयोजन मनोहर सुनामले गर्नुभएको हो । बबई बहुमुखी क्याम्पस गुलरियाका सहायक क्याम्पस प्रमुख हरि प्रसाद जोशीले लोकार्पण गर्नुहुँदै अहिलेको आधुनिक सूचना र प्रविधिको समयमा यसरी विवाहको लागि अनलाइन सेवा उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको महत्व अझै बढेर जाने कुरामा विश्वस्त भएको बताउनुभयो । 

कार्यक्रममा आप्mनो धारण राख्नुहुँदै सहभागी शिवु ज्ञवालीले यस प्रकारका अनलाइन सेवाले परसंस्कृतिग्रहणको पाटोलाई न्यूनीकरण गर्दै विदेशमा भएका नेपालीहरुलाई आप्mनै रहनसहन र संस्कृतिमा रमाउन र विशुद्ध नेपाली परिवारको संरचनालाई निरन्तरता दिनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिने कुरा बताउनुभयो । 

कार्यक्रममा अन्य वक्ताहरुले नेपाली विवाह डट कम अत्यन्तै लाभदायक र खासगरी विदेशमा रहेका नेपालीहरुका लागि आप्mनो मन मिल्दो जीवनसाथी खोज्नका लागि सहयोगी हुने कुरा औंल्याएका थिए । कृष्णसार पाठक मञ्चका संयोजक एवम् कार्यक्रमका अध्यक्ष अयोध्याप्रसाद श्रीवास्तवले यस अनलाईन आधिकारिक र कानुन सम्मत दर्ता गरेर सञ्चालनमा ल्याइएकोमा पूर्ण रुपमा विश्वसनीय रहेको र यसको उपयोगका लागि प्रचारप्रसार गरिदिनका लागि गर्नुभएका थियो । 

कार्यक्रमको नियमित श्रृंखला अन्तर्गत प्रकाश पौडेल र प्रेम प्रसाद अधिकारीले विशेष प्रस्तुती राख्नुभएको थियो भने अन्य सहभागी विद्वतवर्गहरुले देह व्यापार तथा अपांगता सम्बन्धी समसामयिक विषहरुमा चर्चा गर्नुभएको थियो । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो