साउन २२, बर्दिया । वैदशिक रोजगार तथा अन्य शिलशिलामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साउन २२, बर्दिया । वैदशिक रोजगार तथा अन्य शिलशिलामा"/>
२०८२, २१ चैत्र शनिबार
बर्दिया - BRD

नेपाली विवाह डटकमको गिती सामग्री लोकार्पण

२०७३, २२ श्रावण शनिबार १५:२४

साउन २२, बर्दिया । वैदशिक रोजगार तथा अन्य शिलशिलामा विदेशमा बस्ने नेपालीहरुले आफ्नो संस्कार र संस्कृति विर्सिएको र वैवाहिक सम्बन्ध पनि गैर नेपालीहरुसँग कायम गर्ने गरेकोले अन्तर संस्कृतिका कारण पारीवारिक बेमेल भैरहेको अवस्थामा बर्दियाको घरेलु तथा साना उद्योग कार्यालयमा उमा कम्युनिकेशनको नाममा विधिवत दर्ता गरी सो कम्युनिकेशनबाट शुरु गरिएको अनलाईन विवाह सेवा नेपाली विवाह डट कमको सांगितीक प्रचारात्मक सामग्रीको आज सदरमुकाम गुलरियामा लोकार्पण गरिएको छ । 

कृष्णसार पाठक मञ्चको २९ औं श्रृंखलाको कार्यक्रममा सो प्रचारात्मक गिती सामग्रीको लोकार्पण गरिएको हो । बर्दियाली कलाकर्मी प्रभात सुवेदीको रचना, संगीत र प्रभात सुवेदी र पारु शाहीको आवाज रहेको यो गीतको संगीत संयोजन मनोहर सुनामले गर्नुभएको हो । बबई बहुमुखी क्याम्पस गुलरियाका सहायक क्याम्पस प्रमुख हरि प्रसाद जोशीले लोकार्पण गर्नुहुँदै अहिलेको आधुनिक सूचना र प्रविधिको समयमा यसरी विवाहको लागि अनलाइन सेवा उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको महत्व अझै बढेर जाने कुरामा विश्वस्त भएको बताउनुभयो । 

कार्यक्रममा आप्mनो धारण राख्नुहुँदै सहभागी शिवु ज्ञवालीले यस प्रकारका अनलाइन सेवाले परसंस्कृतिग्रहणको पाटोलाई न्यूनीकरण गर्दै विदेशमा भएका नेपालीहरुलाई आप्mनै रहनसहन र संस्कृतिमा रमाउन र विशुद्ध नेपाली परिवारको संरचनालाई निरन्तरता दिनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिने कुरा बताउनुभयो । 

कार्यक्रममा अन्य वक्ताहरुले नेपाली विवाह डट कम अत्यन्तै लाभदायक र खासगरी विदेशमा रहेका नेपालीहरुका लागि आप्mनो मन मिल्दो जीवनसाथी खोज्नका लागि सहयोगी हुने कुरा औंल्याएका थिए । कृष्णसार पाठक मञ्चका संयोजक एवम् कार्यक्रमका अध्यक्ष अयोध्याप्रसाद श्रीवास्तवले यस अनलाईन आधिकारिक र कानुन सम्मत दर्ता गरेर सञ्चालनमा ल्याइएकोमा पूर्ण रुपमा विश्वसनीय रहेको र यसको उपयोगका लागि प्रचारप्रसार गरिदिनका लागि गर्नुभएका थियो । 

कार्यक्रमको नियमित श्रृंखला अन्तर्गत प्रकाश पौडेल र प्रेम प्रसाद अधिकारीले विशेष प्रस्तुती राख्नुभएको थियो भने अन्य सहभागी विद्वतवर्गहरुले देह व्यापार तथा अपांगता सम्बन्धी समसामयिक विषहरुमा चर्चा गर्नुभएको थियो । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने