२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

२०७७, २६ फाल्गुन बुधबार ०७:०३

भीष्मराज ओझा । फागुन २६, ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि डिसेम्बर) सम्म पूर्ण रुपमा बन्द गरिएको थियो । हालसम्म पनि पहिलेको तुलनामा अवलोकनकर्ताको सङ्ख्या न्यून  रहेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सवका अवसरमा यही फागुन १९ गतेदेखि सो कार्यक्रम शुरु गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल चिडियाखानामा रहेका तीनमध्ये एक गैँडाको एक महिनासम्म आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारीसमेत लिनुभएको थियो । यसैगरी वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चिडियाखानामा रहेको एक मात्र हात्तीको आहारा, स्याहार र स्वास्थ्योपचारमा लाग्ने वार्षिक खर्चको जिम्मेवारी लिनु भएको छ । 

कार्यक्रमअन्तर्गत चिडियाखानाले शुरुआती चरणमा तत्काल हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामस, रेडपाण्डालगायत एक दर्जन वन्यजन्तुको वर्ष दिनको आहारा, स्याहार रस्वास्थ्यउपचारमा लाग्ने खर्चको विवरणसमेत सार्वजनिक गरिएको थियो । सो विवरणअनुसार बाघ, हात्ती र गैंँडाको वार्षिक खर्च जनही रु १५ लाख, हिप्पोपोटामसको वार्षिक खर्च रु १२ लाख, चिम्पाञ्जीको रु १० लाख, भालुको रु पाँच लाख, घडियाल गोहीको रु तीन लाख ५० हजार, रेड पाण्डाको रु दुई लाख ५० हजार, डाँफेको रु ७५ हजार, सारसको रु ७५ हजार वार्षिक खर्च रहेको छ ।

 यसैगरी नरङ्स हस्पिटालिटी प्रालिले सारसको, कन्टिनेन्टल ट्रेडिङका अदिती घिमिरेले रेड पाण्डाको, काष्टमण्डप इभेन्टस्ले सारसको, लक्ष्मी बैंकले लाटोकोसेरोको, मेघा बैंकले डाँफेको अविभावकत्व ग्रहण गरेका छन् । अन्य विभिन्न सङ्घसंस्था र व्यक्तिले चिडियाखानाका जीवजन्तुको अविभावकत्व ग्रहण गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी चालिसे बताउनुभयो ।

 चालू आर्थिक वर्षमा गत डिसेम्बर १० देखि मात्र चिडियाखाना अवलोकर्ताका लागि खुला गरिएको र फेब्रअरीसम्ममा रु करोड आम्दानी भएको चिडियाखानाको तथ्याङ्क छ । कोभिड–१९ अघिको समयमा अवलोकनबाटै वार्षिक झण्डै रु १४ करोड आम्दानी गर्ने चिडियाखानाको वार्षिक खर्च करीब रु ११ करोड रहेको छ ।

कोभिड–१९ अघि चिडियाखानामा बिदाको दिन दैनिक १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने गरेकामा हाल बिदाको दिन दैनिक पाँच हजारको हाराहारीमा अवलोकनकर्ता आउने गरेको उहाँले बताउनुभयो । चिडियाखाना प्रवेश गर्न सर्वसाधारणका लागि रु १५०, बालबालिका र ज्येष्ठ नागरिकका लागि रु ९० र दक्षिण एशियाली मुलुकका नागरिकका लागि रु ३५० शुल्क तोकिएको छ ।

 तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो भने चिडियाखाना २०५२ सालदेखि कोषले व्यवस्थापन गर्दै आएको छ । करीब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न ११० प्रजातिका एक हजार १६० वन्यजन्तु रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी