७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना जोखिमले आनीबानीमा सुधार

२८ फाल्गुन २०७७, शुक्रबार ०८:३६

फागुन २८, धनगढी । धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउनुहुन्छ । खानै परेमा धुलोधुवाँ नभएको र सरसफाइ भएको होटेलमा पुगेर एक्लै खाजा खानुहुन्छ । “कोरोनाले स्वास्थ्यप्रति सजगता अपनाउन सचेत गराएको छ”, स्थानीय एक होटेलमा भेटिनुभएका उहाँले भन्नुभयो, “छरछिमेकका कतिपय व्यक्ति पनि आफ्नो सरसफाइमा सचेत देखिन थालेका छन् ।”

प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारी सुरज श्रेष्ठ घरबाहिर बजारमा पाइने ‘ड्राई फुड’ खाजा खानुहुन्न भन्ने चेतना सर्वसाधारणमा बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरबाहिर पाइने ड्राई फुडजस्ता चीज खानुहुन्न भन्ने चेतना जागेको छ, कतिपय युवायुवतीमा पछिल्ला दिनमा मास्क लगाउनमा बेवास्ता गर्ने गरिएको देखिए पनि बुझेका सबैले मास्क लगाउन छाडेका छैनन् ।” महामारीका रुपमा देखिएको कोरोना भाइरसले उद्योग, व्यापार, व्यवसायलगायत सबै क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । यो रोगको समस्यासँगै अधिकांश मानिसको आनीबानी भने फेरिन थालेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला महिनामा घट्दो क्रममा छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिम नघटिसकेकाले सङ्क्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतनाका साथै दश दिन क्वारेन्टिनमा बस्न सल्लाह दिने गरेका छौँ ।”

प्रदेशमा हालसम्म कोरोना भाइरसका शङ्कास्पद कूल एक लाख ३७ हजार ३९२ जनाको पिसिआर पद्धतिबाट स्वास्थ्य जाँच हुँदा १४ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये १३ हजार ८५८ जना उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ ।

पछिल्ला महिनामा कोरोना भाइरसको नमूना सङ्कलन र परीक्षण सुस्त भएसँगै सङ्क्रमण हुने दरमा पनि कमी आएको छ । लक्षण देखिएको व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन र परीक्षण गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

गत पुसमा एकजना सङ्क्रमितको मृत्यु भई जम्मा मृतकको सङ्ख्या ५६ पुगेकामा त्यसयता यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । हाल प्रदेशमा कोरोनाका १५२ सक्रिय केस होम आइसोलेशनमा बसेका छन् । सङ्क्रमित चार बिरामीमध्ये दुईको महाकाली अस्पताल, एकको जोगबुढा अस्पताल र एकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । 

सङ्क्रमण दर घट्दा कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको कोरोना अस्पतालका श्यया खाली छन् । कोरोनाविरुद्धको खोप नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराएको पहिलो र दोस्रो चरणमा गरी आजसम्म एक लाख ३७ हजार ९५० जनालाई दिइसकिएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

पहिलो चरणमा कोभिड–१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा हाल ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिन थालिएको छ । 

खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ । कम्तीमा पनि प्रत्येक पालिकामा कम्तिमा एक खोप केन्द्रको व्यवस्थापन गरी खोप लगाउने काम भइरहेको छ । खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि यो खोप लगाउने तयारी भइरहेको छ ।

खोप लगाइसकेपछि कतिपयलाई स्वास्थ्यमा समान्य जटिलता उत्पन्न भइरहेको देखिएको छ । “खोप लगाउँदा स्वास्थ्यमा हुन सक्ने जोखिमबाट कतिपय डराउन थालेका छन्”, स्थानीयवासी लेखराज ओझाले भन्नुभयो, “आफू पनि खोप लगाउने कि नलगाउने भन्नेमा अन्योलमै छु ।” 

चिकित्सकहरु भने विश्व स्वास्थ्य सङ्गठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको ‘कोभिशिल्ड’ खोप ढुक्क भएर लगाउन सकिने सुझाव दिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम टरेको छैन । कतिपयमा आनीबानी फेरिन थाले पनि तोकिएको मास्क लगाउनेहरु कम हुँदै जाँदा कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या