2026-09-12 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सामुदायिक वन फडानी गरेर पिकनिक स्थल निर्माण

धिरज बिष्ट । चैत २, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ९ नम्बर वडामा रहेको सिङ्गोकोट सामुदायिक वन फडानी गरेर पिकनिक स्थल निर्माण भइरहेको छ। सिङ्गैकोट सामुदायिक वनमा पर्ने मापदण्ड समेत नपुर्याई ठुल-ठुला रुखमाथि डोजर लगाएर फडानी गरिन थालिएको हो ।

डिभिजन बन कार्यालय पहलमानपुरलाई बारम्बार जानकारी गराउदा पनि कुनै चासो देखाएको छैन् । राष्ट्रिय जनता आधारभूत बिधालयलाई समेत प्रभाव पर्ने गरि निर्माण गरिन लागेको पिकनिक स्थलबाट करिब २०० मिटर टाढा मात्र बिधालय रहेको छ। 

जन प्रतिनिधि र उपभोक्ता समुहका अध्यक्षलाई फाइदा पुग्ने भएकोले यो पिकनिक स्थल निर्माण गरिन लागेको स्थानीयको भनाई छ । राष्ट्रिय जनता आधारभुत बिधालयले ८/१० बर्ष देखि प्रयोगमा लिएको सिङ्गोकोट सामुदायिक बनको जग्गाको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय समेत मुद्दा हुँदा हुँदै पनि डोजर लगाएर वन फडानी गरेर पिकनिक स्थल निर्माण भैरहेको स्थानीयहरुले बताएका छन् ।

 पिकनिक स्थल निर्माण हुँदा गाउँ समाजलाई समेत असर पर्ने र नजिकै रहेको बिधालयलाई पठनपाठन गर्न समेत समस्या हुने बिधालयका स्थानीयले बताए ।  

‘हाम्रो भनेको यहाँ केही लाग्दैन बनका कर्मचारी आउछन् जान्छन् तर केही गर्दैन्न सानाको लागि मात्र कानुन हो ठुला बडाको लागि कानुन हुदैन हामिले दाउरा ल्याउदा समेत बनका कर्मचारीले दु:ख दिन्छन्  तर ठुलाबडाका ट्याक्टरमा जंगल मै लगेर काठ ओसारपसार गर्छन् तर नत बललाई चासो हुन्छ न त स्थानीय जनप्रतिनिधि लाई नै । हामिले जानकारी गराउदा बनका कर्मचारीले ट्याक्टरमा काठ ओसारपसार गर्ने व्यक्तिलाई सम्पर्क गरेर आउछन् र आफै ट्याक्टर वलालाई सहयोग गर्ने गर्छन् ।’ सिङ्गोकोट सामुदायिक बनका उपभोक्ताले आफ्नो गुनासो सुनाए ।

यो पिकनिक स्थल बनाउदा आफ्ना छोराछोरीले बिद्यालय पढ्न पनि नपाउने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा