साउन २३, पर्वत । सिसेफ महिला समुह पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रहरी नायब उपरिक्षक गंगा पन्तलाई नागरिक अभिननन्दन गरेको छ । पर्वत जिल्लामा आएदेखि यहाँको शान्ति सुरक्षा तथा नियम विपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनको लागि महत्वपूर्ण भूमिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्वत । सिसेफ महिला समुह पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रहरी नायब उपरिक्षक गंगा पन्तलाई नागरिक अभिननन्दन गरेको छ । पर्वत जिल्लामा आएदेखि यहाँको शान्ति सुरक्षा तथा नियम विपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनको लागि महत्वपूर्ण भूमिका "/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिसेफले गर्यो प्रनाउ पन्तलाई नागरिक अभिनन्दन

२०७३, २३ श्रावण आईतवार ०६:५८

साउन २३, पर्वत । सिसेफ महिला समुह पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रहरी नायब उपरिक्षक गंगा पन्तलाई नागरिक अभिननन्दन गरेको छ । पर्वत जिल्लामा आएदेखि यहाँको शान्ति सुरक्षा तथा नियम विपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रनाउ पन्तको सिसेफले अभिनन्दन गरेको हो ।

जिल्लामा हरेक क्षेत्रका नागरीक अगुवासँग समन्वय गर्दै जिल्लाको शान्ति सुरक्षाको लागि अन्य प्रनाउको भन्दा उत्कृष्ठ काम गरेको सिसेफको ठहर छ । जिल्लामा घरेलु मदिरा विक्रिवितरण तथा नागरिक सचेतना तथा महिला जागरण, परामर्श तथा कानून विपरीत काम गर्नेलाई उन्मुक्ति दिने अघिल्ला परिपाटीलाई उनले तिलाञ्जली दिदै उत्कृष्ठ काम गर्दै आफ्नो भूमिका निर्वाह गरेको सिसेफले जनाएको छ । शनिवार ज्ञादी झोलुङ्गे पुल परिसरमा घुम्न जाउला कुश्माको पुल तरी भन्ने तीज गितको विमोचन कार्यक्रममा प्रनााउ पन्तलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रनाउ पन्तले जिल्लाको शान्ति सुरक्षाको सवालमा आफुले कुनै पनि सम्झौता गर्न नसक्ने बताइन । उनले जिल्लाको शान्ति सुरक्षा तथा नीति बाहिर काम गर्ने जुनसुकै व्यक्ति भएपनि आफुले नछोड्ने दाबी गरिन । पछिल्लो समयमा आफ्नो विरुद्धमा केहि व्यक्तिहरुले गलत प्रचारप्रसार गरेको तर त्यसको मुल्याङकन आम नागरीकले गरिरहेको भन्दै उनले त्यस्ता व्यक्तिहरु आफै पतन भएर जाने दाबी गरिन ।

सत्य कहिल्यै डग्दैन प्रहरीका काम नीति बाहिर गएकालाई ठिक ठाउँमा ल्याउने हो कानूनभन्दा माथि कोहि छैनन भन्दै पन्तले पाप दुरी बाट कराउने भन्दै कसैले गलत कुरालाई लुकाउनको लागि दोस्रो गलत गर्न नहुने बताइन । रमेश विक्रम रत्नको लय तथा शब्दमा रहेको उक्त तीज गीतमा जिल्लाका पर्यटकीय क्षेत्रलाई समावेश गरी छायाकन गरिएको छ । जसमा स्वर रमेश विक्रम रत्न र लक्ष्मी परियारको रहेको छ । जसलाई सिसेफ नेपाल पर्वतले म्यूजिक नेपालमार्फत ल्याएको हो ।

कलाकार रत्नले आगामी दिनमा पनि जिल्लाका धार्मिक तथा सांस्कृति विषयबस्तुको प्रचारप्रसार हुने गरी गीतको छायांकन गर्ने तथा निरन्तर यसै क्षेत्रमा लाग्ने समेत बताए । सिसेफ महिला समुहकी अध्यक्ष सरस्वती बस्नेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वागत पर्वत मिलन  महिला समुहकी अध्यक्ष बुद्धिकुमारी श्रेष्ठले गरेकी थिइन भने कार्यक्रमको संचालन सिसेफ महिला समुहकी सचिव कामना रेग्मीले गरेकी थिइन । सोही अबसरमा महिला दिदी बहिनीहरुलाई दर समेत खुवाइएको थियो । सोही अबसरमा सुनचाँदी व्यवसायीले आव ०७२।७३ को आयव्यय समेत प्रस्तुत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट