साउन २३, पर्वत । पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो । कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्वत । पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो । कार्य"/>
२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत सुनचाँदी व्यवसायी संघमा विकास चयन

२३ श्रावण २०७३, आईतवार ०७:०६

साउन २३, पर्वत । पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा ठाकुर वि पौडेल, कृष्णबहादुर सुनार, सचिवमा आनन्द विश्वकर्मा, कोषाध्यक्षमा कुलबहादुर विश्वकर्मा, सहसचिवमा विकास रसाइली, सहकोषाध्यक्षमा काशीराम विश्वकर्मा रहेका छन् ।

सहस्यहरुमा महलाल विश्वकर्मा, सुजन सुनार, कृष्णबहादुर विश्वकर्मा, सुर्य रसाइली, सन्तोष विश्वकर्मा, टिकाराम विश्वकर्मा, दिपक रसाइली र भुवन विश्वकर्मा रहेका छन् । सुनचाँदी व्यवसायीका केन्द्रिय अध्यक्ष मणिरत्न शाक्यको आथित्यतामा भएको कार्यक्रममा बोल्दै उनले सुनचाँदी व्यवसायीको हकहितको लागि आफ्ुले आवाज उठाउने बताए । देशभरीमा हजारौको संख्यामा सुनचाँदी व्यवसायी रहेको र लाखौले प्रत्यक्ष रोजगार पाएको भन्दै उनले सुनचाँदी व्यवसायीको हकहितको लागि आवाज उठाउने उनले बताए । उनले हिन्दु पराम्पार अनुसार हरेक चाड पर्वत तथा रितिरिवाजमा परापुर्वकाल देखि चल्दै आएको भन्दै यसको संरक्षण तथा सम्बद्धनमा लाग्नुपर्नैमा जोड दिए ।

बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणलेवृद्धि भएपछि सुन तथा गरगहनाको कारोवार प्रभावित भएको बताउनु भयो ।  सुनको मुल्य सस्तिएको समयमा खरिद गरेका उपभोक्ताले अहिले मँहगिएको बेला विक्री गर्दा बजारमा नकरात्मक प्रभाव परेको बताउनु भयो । सुन तथा गरगहानाको व्यापारमा मन्दी आएर ह्वात्तै घटेको भएपनि विवाह,व्रतबन्ध तथा तीज लगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको बताउनु भयो ।

पर्वत सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष लखन सुनारको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष प्रेम सेनचुरी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक गंगा पन्त,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गोपी अधिकारी,फर्निचर उद्योग व्यवसायी संघ पर्वतका अध्यक्ष मथुराकुमार जोशी,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु निर्मल विश्वकर्मा, राजेन्द्र विश्वकर्मा,केशवहादुर विश्वकर्मा,जोगलाल विश्वकर्मा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष विक्रम सुनार,कास्कीका अध्यक्ष चन्द्रकिशोर गौत्तम, तनहुँका अध्यक्ष बावुराम विश्वकर्मा,गोर्खाका अध्यक्ष कृष्णवहादुर विश्वकर्मा,नवलपरासीका अध्यक्ष भिमसिङ विश्वकर्मा,बाग्लुङका अध्यक्ष सुदेश राजभण्डारी, म्यादीका अध्यक्ष दिपेन्द्र विश्वकर्मा,पर्वत सुनचाँदी व्यवसायी संघ पर्वतका पूर्व अध्यक्ष मनोहर वि.पौडेल, पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत सल्लाहकार जितवहादुर सुनार,पर्वत सुनचाँदी व्यवसायी महिला संघका अध्यक्ष तारा विश्वकर्मा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत उपाध्यक्ष विकास सुनार धन्यवाद मन्तव्य पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत उपाध्यक्ष ठाकुर वि. पौडेल र सञ्चालन संघका सचिव मोहलाल विश्वकर्माले गर्नुभएको थियो । सोही अबसरमा जिल्लामा सुनचाँदी व्यवसायीको हकहितको लागि उदाहरणीय काम गरेको भन्दै बेलबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा र निर्मल विश्वकर्मालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरीएको थियो । उक्त कार्यक्रममा आव  ०७१।७२ तथा ०७२।७३ को आयव्ययको प्रतिबेदन समेत प्रस्तुत गरीएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप