साउन २३, राजविराज । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, राजविराज । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त"/>
२६ पुष २०८२, शनिबार
सप्तरी - SPT

सरकार नपुगेको बाढीपीडित कहाँ डा.केसीको निशुल्क उपचार जारी

२३ श्रावण २०७३, आईतवार ०७:३३

साउन २३, राजविराज । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त हुनुहुन्छ । 

आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उहाँले निःशुल्क स्वास्थ्योपचार गर्दै हुनुहुन्छ । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहनुभएको छ । 

डा केसी आफैले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा आउनुभएको छ । उक्त ठाउँमा आज मात्रै उहाँले २५÷३० जनाको निःशुल्क उपचार गर्नुभएको तिलाठीका युवक नीरज झाले जानकारी दिनुभयो । 

डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।

यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गर्नुभएको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला