2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

चैत ८, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।

यहाँको  ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौँ, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ ।

विसं २०३१ देखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् । “यहाँ केही थिएन मलगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो”, मायारामले भन्नुभयो, “पछि धरौटीमा छाड्यो, तर आफैँले भोग गरेको जमिनको भने भूमाफियाले पुर्जा निकाले ।” आफैँले भोग गरेको जग्गासमेत भूमाफियाले गाउँमै नआई पुर्जा बनाएको उहाँ बताउनुहुन्छ ।

विसं २०३१ देखि बसोबास गरेको भए पनि २०५५ मा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उहाँजस्तै यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । विसं २०५४ मा फिल्डबुक कायम गरी विसं २०५५ मा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो । सो समयमा विभिन्न ठाउँका करिब २०÷२५ जनाले आफ्नो नाममा पुर्जा बनाए । अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताउनुुभयो । पुर्जा गतलरूपमा निकालेको भनेर सो समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछि मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडि बढाएको थियो तर मालपोत कार्यालय आफैँले जारी गरेको पुर्जा पुनः सच्याउन नमिल्ने भनी अदालतले आदेश दिएपछि बसोबास गरेका व्यक्तिभन्दा अरुकै नाममा पुर्जा कायम भएको हो । शिवमन्दिर क, ख र ग को नक्सामा जोतभोग गर्नेभन्दा फरक व्यक्तिको नाममा पुर्जा रहेको उहाँको भनाइ छ ।

सोही समयमा यहाँका केही स्थानीयवासीले समेत पुर्जा बनाएका थिए तर आफू बसोबास गरेको भन्दा फरक ठाउँको पुर्जा बनेपछि यसले समेत समस्या निम्त्याएको कावासोती–४ का वडाध्यक्ष रमाकान्त चापागाईँले बताउनुभयो । करिब ३०० घरधुरीले जोतभोग गरेको जग्गाभन्दा फरक ठाउँको कित्ताकाट भएको छ । यसले अर्को समस्या निम्त्याएको उहाँको भनाइ छ ।  करिब ८० घरपरिवारले आफू बसेको भन्दा केही फरक भए पनि पुर्जा निकालेका छन् तर ३०० घरपरिवार भने आफू बसेको ठाउँभन्दा फरक स्थानमा कित्ताकाट भएपछि पुर्जाविहीन बनेका छन् ।

तत्कालीन समयमा केन्द्रको नापीले छ महिना यहाँ आएर ‘बाउन्ड्री’को काम गरेको थियो तर पछि फिल्डमा नआई कित्ताकाट गरेकाले  यस्तो समस्या आएको वडाध्यक्ष चापागाईँले बताउनुभयो । सोही समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए । पुर्जा निकाल्ने धेरै मानिस कहाँका हुन् भन्नेसमेत यकिन नभएको वडाध्यक्ष चापागाईँले बताउनुभयो । यहाँका स्थानीयवासीले भने फिल्डबुक सच्च्याउनुपर्ने माग गरेका छन् । जोतभोग गरेको आधारमा पुनः नापी गरेर पुर्जा दिनुपर्ने माग स्थानीयवासीको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन