साउन २३, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र "/>
२६ पुष २०८२, शनिबार
पर्सा - PRS

भोजपुरी टाइम्स दैनिकको दोस्रो वार्षिकोत्सव सम्पन्न

२३ श्रावण २०७३, आईतवार ०९:१८

साउन २३, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

भोजपुरी टाइम्स दैनिकको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि यादवले विश्वको विभिन्न देशहरुमा करोडौंका संख्यामा बोलिने भोजपुरी भाषा र संस्कृतिको रक्षाको लागि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पनि सहयोग गर्नु पर्नेमा जोड दिदै मधेसको हकअधिकार नपाए सम्म आन्दोलन जारी रहने दाबी गर्नु भयो । काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा बिच भएको तीन बुंदे सहभति कार्यान्वयन गर्ने तर्फ सरकारले देखाएको अग्रसरता सराहनिय रहेको बताउनु भयो । मधेस आन्दोलनको क्रममा पर्सामा सहादत प्राप्त गरेका ६ जना मध्ये सरकारले हालसम्म एक जनालाई क्षतिपूर्ति समेत उपलब्ध नगराएकोमा दुःख व्यक्त गर्दै आन्दोलनमा घाइते भएका करिब ४ हजार मध्ये हाल सम्म १९ जनालाई मात्र उपचार खर्च पाएको सो अवसरमा बताउनु भयो । 

वीरगंज पब्लिक कलेजको सभाहलमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, मधेसी पत्रकार समाजका केन्द्रिय महासचिव एवं रेडियो बिन्दासका प्रबन्ध निर्देशक आर.सी यादव, नेपाल परिवार दलका जिल्ला अध्यक्ष पलटन पटेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व सचिव युवराज खडका, बिपिसि कलेजका कोअर्डिनेटर प्रेम पटेल, तमलोपा विद्यार्थी फ्रन्टका केन्द्रिय महासचिव ओमलोक सिंह, सद्भावना पार्टीका वीरगंज नगरअध्यक्ष ओमप्रकाश सर्राफ, युएन हेबिटाटका पर्सा संयोजक सरोज चौरसिया, मधेसी पत्रकार संघका पर्सा अध्यक्ष मनोज पटेल लगायतको पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।


पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक केदार सापकोटा, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक रबिन्द्र प्रसाद भट, संघिय समाजवादी फोरम नेपालका वीरगंज नगर अध्यक्ष राजुदिनबाबु लगायतको उल्लेखनिय सहभागीता रहेको थियो । पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सलमा खातुनले गर्नु भएको थियो । पत्रिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संवाद्दाता, साहित्यकारहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा सन लाइट ईङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले सहभागीहरुलाई नृत्यको माध्यमबाट मनोरञ्जन समेत गराएका थिए । नेपाल परिवार दलका जिल्ला अध्यक्ष पलटन पटेलले कार्यक्रममा पत्रिकालाई नगद सहयोग समेत गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला