१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडमा छलफल

१५ माघ २०७२, शुक्रबार ०८:४८

माघ १५, बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले यही माघ २४ गते हुने साधारणसभा लगायतका विषयमा पत्रकारका विभिन्न
संगठनका प्रमुखहरुसँग आज शुक्रवार बिर्तामोडमा छलफल गरेको छ ।


महासंघको १९औं बैठकसहित आयोजित छलफलमा सचिव एकराज गिरी तथा कोषाध्यक्ष प्रेम आचार्यद्वारा
तयार गरिएको प्रतिवेदन सुझावका लागि सबै सदस्यहरुलाई पठाउने तथा प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई
अन्तिम रुप दिने निर्णय भएको छ ।

पत्रकारका विभिन्न संगठनका
प्रमुखहरुले महासंघको उक्त तयारी र सबैसंग सुझावलिएर अघि बढ्ने महासंघ बर्तमान नेतृत्वको कार्यशैलीको
प्रशंसा गरेका छन् ।

साधरण सभाकै दिन प्रतिवेदन प्रस्तुत
तथा छलफल गर्न पर्याप्त समय नहुने यथार्थ दृष्टिगत गरी सदस्यहरुलाई समयमै प्रतिवेदन उपलब्ध गराउन यस
पटकबाट थालनी गर्न लागिएको हो ।

महासंघका अध्यक्ष भीम
नेम्वाङको अध्यक्षतामा भएको बैठकमा उचित मागदण्ड तयार गरी महासंघको नयाँ सदस्यता प्रदान गर्ने विषयमा
समेत छलफल भएको थियो ।

बैठकले बिर्तामोड नगरपालिकासँगको
सहकार्यमा दुई दिने खोज पत्रकारिता प्रशिक्षण बिर्तामोडमा र जिल्ला विकास समितिको सहकार्यमा सूचना
प्रवाह तथा विकास प्रभावकारिता सम्बन्धी दुई दिने प्रशिक्षण चन्द्रगढीमा आगामी फागुनभित्र सञ्चालन गर्ने
निर्णय समेत गरेको महासंघका सचिव गिरीले जानकारी दिए ।


छलफलमा प्रेस चौतारी झापाका निवर्तमान अध्यक्ष गोपाल काफ्ले, क्रान्तिकारी पत्रकार संघका
अध्यक्ष टीकाराम उप्रेती, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गणेशमान मुखिया, आदिवासी पत्रकार
संघका अध्यक्ष इन्द्रसिंह राजवंशी र नेवाः पत्रकार राष्ट्रिय देय दवुःका अध्यक्ष अमृतलाल श्रेष्ठले
विभिन्न सुझाव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव