साउन २४, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार छ । फिदिमबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को "/>
हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को "/>
साउन २४, काठमाडौं । गोरखाबाट ५ दिनको नवजात बिरामी शीशूलाई लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार सँगै स्थानीय श्याम मुढभारीका अनुसार ४ जनाको मृत्यु भएको अपुष्ट खबर प्राप्त भएको छ ।
घटनास्थललाई प्रत्यक्ष नियालेका अर्का स्थानीय कृष्ण प्रसाद खतिवडाका अनुसार उक्त हेलिकप्टर बेतिनिको सिरान भिरको खोचमा अड्किएर बसेको छ | उनको अनुसार उक्त हेलिकप्टरमा २ जना चालक, एक जना सुत्केरी सहित ५ दिने शिशु र अन्य १ जना छन् । केहि स्थानीयले भनेका छन् – 'ढुङ्गामा ठोक्किएर तल भिरमा झर्यो ।' अहिले उक्त स्थानमा हेलिकप्टर घुमीरहेको स्थानीयले बताए |
भिरको बाटो निकै अफ्तारो भएकोले दुर्घटना स्थालमा पुग्न असहज भएको बताइएको छ ।
गोरखाबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो । गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौँका लागि उडेको हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।
हेलिकप्टरमा सवारहरुको अवस्था कस्तो छ भन्ने बारे अझै केहि खुलिसकेको छैन ।