२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा तोरीको उत्पादन बढ्योः किसानमा खुशीयाली

२०७७, २० चैत्र शुक्रबार ०७:४५

दुर्गा देवकोटा । चैत २०, कैलाली । कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ ।

“गत वर्ष प्रतिहेक्टर छ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हँुदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।” यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ । 

तोरी बाली उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् । कैलालीको जानकी गाउँपालिकाका किसान सन्देश चौधरीले यस वर्ष १२ क्विन्टल तोरी बिक्री गर्नुभयो । प्रतिक्विन्टल रु १० हजारका दरले बिक्री गर्नुभएका सन्देशले रु एक लाख २० हजार आम्दानी गर्नुभयो । “चार बिघा जमीनमा तोरीखेती गरेको थिए । तोरी राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरे । यस वर्ष तोरीखेतीले सन्तुष्टि दिएको छ ।”

सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि तोरी उत्पादन र तोरीको बजार मूल्य राम्रो पाएपछि खुशी भएका हुन् । तोरीखेती स्याहारेका अधिकांश किसान त्यही तोरीखेतीमा छरेको मसुरो स्याहार्न थालेका छन् । गत वर्ष तोरी उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो ।

कैलालीका मिल सञ्चालकले यस वर्ष तेल बिक्रीका लागि आवश्यक तोरी भण्डारण गरिसकेका छन् । “गत वर्ष हामीले तेल बिक्रीका लागि तोरी पाएनौँ, तेल पेलेर बिक्री गर्ने मिलमा कारोबारसमेत भएन । रु २०० प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि रु २५० मा बिक्री गर्दा पनि तेल अभाव भयो”, मिल सञ्चालक रवीन्द्र धामीले भन्नुभयो, “यस वर्ष एक गोदाम तोरी भण्डारण गरेको छु । मेरो त व्यवसाय नै तोरीको तेल बिक्री गर्ने हो । पछि अभाव हुन्छ भन्ने डरले तोरीको भण्डारण बढाएको छु ।” 

कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भरपर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ । “तोरीखेतीको उत्पादकत्व बढाउनका लागि नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगलेसमेत प्रभाव पार्ने गर्दछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।” 

किसानले लगाउने बालीको उत्पादन हरेक वर्ष घटबढ हुने गरेको हुन्छ । मौसम अनुकूलता, सिँचाइ व्यवस्थापन, मल, बीउलगायतमा तालमेल मिलेमा उत्पादन बढी लिन सकिने कृषि विज्ञको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु