सम्राट सिंह | साउन २४, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा कुपोषणको भयाभव छ । ४२ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा ११ प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २४, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा कुपोषणको भयाभव छ । ४२ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा ११ प्"/>
२१ मंसिर २०८२, शनिबार
बझाङ्ग - BJN

बझाङमा कुपोषणको भयाभव

२४ श्रावण २०७३, सोमबार ११:१८

सम्राट सिंह | साउन २४, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा कुपोषणको भयाभव छ । ४२ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा ११ प्रतिशत बालबालिका कुपोषण रोगले पिडित छन ।

सोमबार सदरमुकाम चैनपुरमा आयोजना गरिएको शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रममा बोल्दै जिल्ला अस्पतालका डाक्टर मिलन सिलवालले बझाङ कुपोषणको भयाभव जिल्ला भएको बताए । कुल जनसंख्याको १० प्रतिशत भन्दा माथी कुपोषण भएको जिल्लालाई बिश्व स्वास्थ्य संगठनले भयाभव रुप दिएको उनको भनाई छ । 

जिल्लाको सबैभन्दा विकट गाविस काँडाका बाल बालिकाहरु कुपोषण रोगबाट पिडित भएका जिल्ला स्वास्थ्य को तत्थ्यांकमा उल्लेख छ । ६ महिना देखि २ बर्षसम्मका बालबालिकाहरु कुपोषण रोगका पिडित छन । कुपोषणका कारण ४७ प्रतिशत बालबालिकामा पुट्कोपन समेत देखा परेको छ । 

जिल्लामा कुपोषण भएका बालबालिकाहरुको स्वास्थ्य सेवामा पहुँच गराई समुदाय स्तरमा कुपोषणको रोकथाम तथा व्यवस्थापन गर्न शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम जिल्लामा लागु भइसकेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख तथा खोप अधिकृत ले भानुभक्त जोशीले बताए । उनले भने यस कार्यक्रमले ११ प्रतिशत कुपोषण रहेको बझाङ जिल्लालाई ५ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान