2026-09-12 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

चैत २९, सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । 

पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रुपमा लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भएपनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ ।

रोग फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् । प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ । हालसम्म पाँच हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा १४० जनाको नतिजा ‘पोजेटिभ’ आएको जनाइएको छ । शनिबार मात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार ९९१ जना नेपाल भित्रिएकामध्ये शङ्कास्पद ६९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको छ । 

कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । एन्टिजेनविधि कोरोना परीक्षण गर्ने पिसिआर विधि जस्तै मानिन्छ । कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः पिसिआर पद्दतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउनुहुन्छ ।

 एन्टिजेन विधिवाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ ।

प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत् शङ्कास्पद व्यक्तिको एन्टिजेन गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सीमा नाकाबाट भित्रिनेलाई दश दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । 

यस प्रदेशमा गएको पुस महिनासम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको तथ्याङ्का स्वास्थ्य निर्देशनालयसँग छ । पुस महिनायता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना सङ्क्रमितको मृत्यु भएको थियो । होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

कोरोना भाइरसको सङक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट एक लाख ३८ हजार ३८० को स्वास्थ्य परीक्षण गरिएकामा यीमध्ये १४ हजार १८५ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये १४ हजार ५४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा