साउन २५, जाजरकोट । यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । 

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, जाजरकोट । यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । 

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विद्यालय बगाएपछि खुला आकासमा पढाइ

२०७३, २५ श्रावण मंगलवार ०३:१६

साउन २५, जाजरकोट । यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । 

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो । 

बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । यही बगरमा विद्यार्थीलाई राखेर पढाउन बाध्य छौँ, उहाँले भन्नुभयो । पानी पर्दा र चर्को घाम लागेपनि पढाइ बन्द गर्नुपर्ने बाध्यताबीच फेरि बाढीपहिरो आउने हो कि भन्ने डर पनि लागिरहन्छ, उहाँले उल्लेख गर्नुभयो । “पठनपाठन सञ्चालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन । यस बगरमा टहरो बनाउन पनि सकिएको छैन । विद्यालयमा न चर्पी छ, नत खानेपानीको व्यवस्था छ,” उहाँले भन्नुभयो । बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचनाको नाम निसाना नै राखेन, रावलले भन्नुभयो । 

विद्यालयमा बस्ने ठाउँ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिम भएकाले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिभावक तिलबहादुर रावलले बताउनुभयो । विद्यालय भवन नहुँदा पिपलचौरका छ दर्जन विद्यार्थी पठनपाठनबाट वञ्चित भएकोे उहाँले उल्लेख गर्नुभयो । ५ कक्षासम्मको पढाइ सञ्चालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाइ गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताउनुभयो । 

बाढीले बगाएको विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, अन्य सङ्घ संस्थालगायतमा अनुरोध गर्दा पनि कतैबाट पनि सहयोग नभएको उहाँले गुनासो गर्नुभयो । स्थानीय गुर्से खोलामा आएको बाढीले पिपलचौर गाउँका २६ घरपरिवार पहिरोको जोखिममा परेका छन् । लहँ गाविस भवन जोड्ने सडक र नलसिंहगाड पहुँच सडक खन्दा जथाभावी फालेको माटोका कारण बाढी पहिरो आएको प्रधानाध्यापक रावलले बताउनुभयो । 

बाढीले विद्यालय भवन बगाएर रु ७० लाखको क्षति पु¥याएको प्रधानाध्यापक रावलले उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल