साउन २५,पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५,पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशो"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खोलामा हामफालेकी युवतीको अवस्था अज्ञात

२०७३, २५ श्रावण मंगलवार ०५:२९

साउन २५,पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार बिहान हाम फालेकी थिइन् । 

दक्षिण बागलुङको जैदी गाविस घर भई कुश्मा नगरपालिका–९ मेलमिलापचोकमा डेरा गरी बस्ने थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षाले मोदीखोलाको बहाव उच्च भएकाले पनि खोजीकार्यमा कठिनाइ भएको छ । 

मोदीखोला माथि रहेको मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकैबाट उनी हाम फालेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । 

उनी हामफालेको स्थानबाट रु तीन हजार ६०० नगदसहित उनले प्रयोग गर्दै आएको सामसुङ मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले खोला किनारमा खोजतलास जारी राखेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल