साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरको सिला–सुत्केरी ढुङ्गा ओझेलमा

२५ श्रावण २०७३, मंगलवार ०६:१४

साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना समेत गरिसकेका छन् तर सिला–सुत्केरी ढुङ्गाको जगेर्ना र यसको पर्यटन प्रवद्र्धन र संरक्षणका लागि कुनै पर्खालसम्म नलगाएको अवस्था छ । 

सत्ययुगमा जीवजन्तु, जनावर, ढुङ्गा सबैले बच्चा जन्माउने गरेको र सिला–सुत्केरी ढुङ्गा पनि बच्चा जन्माउँदै गर्दा कलियुगको सुरुवात भएकाले बीचैमा अड्केको भन्ने किम्वदन्ती रहेको छ । 

यस सिला–सुत्केरी ढुङगामा एउटा ठूलो ढुङगाले अर्को फरक प्रकारको सानो ढुङगालाई जन्माउँदै गरेको आकृति देख्न सकिन्छ । 

बटुवाले यात्रा सफलताका साथै कुनै चोटपटक, ठेस नलागोस् भनेर फूल, तितेपाती आदि चढाउने र ढोग्ने गरेको र आफूले चिताएको यात्रा सफल भएको जनमानस अझैसम्म रहिआएको ८१ वर्षीय वृद्ध जमानध्वज राईले बताउनुभयो । ग्रामीण सडक अवधारणासँगै भोजपुर सदरमुकामलगायत धनकुटा, उदयपुर, खोटाङसँग पनि यो ठाउँको बाटोले छोइसकेको छ । 

स्थानीय बजारमा यसबारे पर्यटनसम्बन्धी जानकारी दिन सूचना बोर्ड, होटेल र बाटो आदिको व्यवस्था पनि स्थानीय स्तरबाट पहल हुनुपर्ने आवश्यकता देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक