साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरको सिला–सुत्केरी ढुङ्गा ओझेलमा

२०७३, २५ श्रावण मंगलवार ०६:१४

साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना समेत गरिसकेका छन् तर सिला–सुत्केरी ढुङ्गाको जगेर्ना र यसको पर्यटन प्रवद्र्धन र संरक्षणका लागि कुनै पर्खालसम्म नलगाएको अवस्था छ । 

सत्ययुगमा जीवजन्तु, जनावर, ढुङ्गा सबैले बच्चा जन्माउने गरेको र सिला–सुत्केरी ढुङ्गा पनि बच्चा जन्माउँदै गर्दा कलियुगको सुरुवात भएकाले बीचैमा अड्केको भन्ने किम्वदन्ती रहेको छ । 

यस सिला–सुत्केरी ढुङगामा एउटा ठूलो ढुङगाले अर्को फरक प्रकारको सानो ढुङगालाई जन्माउँदै गरेको आकृति देख्न सकिन्छ । 

बटुवाले यात्रा सफलताका साथै कुनै चोटपटक, ठेस नलागोस् भनेर फूल, तितेपाती आदि चढाउने र ढोग्ने गरेको र आफूले चिताएको यात्रा सफल भएको जनमानस अझैसम्म रहिआएको ८१ वर्षीय वृद्ध जमानध्वज राईले बताउनुभयो । ग्रामीण सडक अवधारणासँगै भोजपुर सदरमुकामलगायत धनकुटा, उदयपुर, खोटाङसँग पनि यो ठाउँको बाटोले छोइसकेको छ । 

स्थानीय बजारमा यसबारे पर्यटनसम्बन्धी जानकारी दिन सूचना बोर्ड, होटेल र बाटो आदिको व्यवस्था पनि स्थानीय स्तरबाट पहल हुनुपर्ने आवश्यकता देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते