२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सनसाइनको वार्षिकोत्सव सकियो

२०७२, २३ माघ शनिबार ०१:५१

sunsineमाघ
२२, बिर्तामोड (सास) ।
बिर्तामोडस्थित नोबल एजुकेशन फाण्डेशनद्वारा सञ्चालित सनसाइन किन्डर
हाउस एण्ड प्राइमेरी स्कूलले आफ्नो नवौं बार्षिकोत्सव कार्यक्रम शुक्रवार विविध कार्यक्रमसहित सम्पन्न
गरेको छ ।

विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन  अध्यक्ष गिरीले
र संस्थापक प्रिन्सिपल पूजा गिरीले पानसमा दीप प्रज्ज्वलन गरी संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा उपस्थित अभिभावकले छोटो समयमा नोबल एजुकेशन फाण्डेशनले विद्यार्थी
रमाउन सक्ने बातावरणको सृजना गरी उल्लेख्य प्रगति गर्नुका साथै नमूना शिक्षालय बन्दै गएको भन्दै प्रशंसा
गरे ।

उक्त अवसरमा विद्यालयमा लामो समयदेखि विद्यार्थी पठाउने अभिभावकलाई अध्यक्ष तथा तथा
संस्थापक गिरीले सम्मान गरेका थिए ।

कार्यक्रममा प्ले ग्रुपदेखि माथिल्ला सबै कक्षाका
विद्यार्थीले नृत्य नाटक, गीत लगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल बीना पोखरेलले विद्यालयको स्वागतसहित गतिविधि र भावी
योजनाको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रमको सञ्चालन
तेजस्वी गिरी र अर्पणा श्रेष्ठले गरेका थिए ।

२०६४ सालमा ३६ जना विद्यार्थीबाट सनसाहन किण्डर
हाउसको नाममा सञ्चालनमा आएको विद्यालयमा हाल ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । प्ले ग्रुपदेखि ५
कक्षासम्म पढाई हुने नोबल एजुकेशन पाउण्डेशन स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भरपर्दो
शिक्षा केन्द्रको रुपमा स्थापित भएको अभिभावक अर्चना थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !