साउन २५, ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । 

लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । 

लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला त"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा खोलाले बगाएर विद्यार्थी बेपत्ता

२५ श्रावण २०७३, मंगलवार ०८:३२

साउन २५, ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । 

लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोलामा डुबेर बगेको विद्यालयका प्रअ गायत्री पौडेलले बताउनुभयो । 

बिहान करिब ९.५० बजे केही साथीसँगै स्कुल जाँदै गर्दा पुल नभएको खोलाभित्रैबाट तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । 

सोही खोलामा काठको फड्के भए पनि स्कुल जान हतार भएकाले सोही पुल भएदेखि केही माथिको भागबाट छोटो बाटो हुँदै तर्ने क्रममा उनी बगेकी हुन् । केही साथी तरेर अघि बढ्दै गर्दा पछाडिरहेकी लिम्बूलाई खोलाले बगाएको उनका साथीले बताएका छन् । 

सो खोलामा भएको एउटा फड्केसमेत निकै जीर्ण भएकाले त्यहाँबाट खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । लगत्तै स्थानीय र शिक्षक मिलेर खोजी भइरहेको र प्रहरीलाई खबर गरिएको बताइएको छ । उनी विजय निमाविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक