८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

क्यान्सर मुक्त रहन जीवन शैली परिवर्तन आवश्यक

२३ माघ २०७२, शनिबार ०२:१०


cancerमाघ २३, विर्तामोड (सास) । क्यान्सर रोगको विषयमा
सचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्षको फ्रेबुअरी ४ तारिकमा मनाइँदै आएका विश्व क्यान्सर दिवस यस
वर्ष पनि विविध कार्यक्रम गर्दै मनाइएको छ ।

यस अवसरमा
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तु नियन्त्रण सञ्जाल झापाको आयोजना र विराट सामुदायिक अध्ययन
केन्द्रको सहकार्यमा विर्तामोडस्थित विराट सामुदायिक केन्द्रमा अन्र्तक्रिया गरिएको छ ।

कार्यक्रममा सञ्जालका अध्यक्ष लोकप्रिय
खनालले विश्वमा प्रत्येक वर्ष  ३ करोड ८० लाख मानिसहरु नसर्ने रोगका कारण मृत्यू हुने गरेको र त्यस
मध्ये २ करोड ८० लाख अविकसित र कम विकसित देशका रहने गरेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य
अधिकृत व्रजेश मेहताले नसर्ने रोगका कारण हुने ८० प्रतिशत मृत्युहरु कम आय भएका गरिव देशहरुमा हुने
भएकाले नेपाल समेत खतरामा रहेको  बताए ।

विश्वमा प्रत्येक वर्ष  ३ करोड ८० लाख मानिसहरु नसर्ने रोगका कारण मृत्यू हुने
गरेको

मेहताका अनुसार नसर्ने रोगका
कारणहरुमा सुर्तिजन्य पदार्थको सेवन, अस्वस्थ भोजन, मादक पदार्थको सेवन र कम शारीरिक अभ्यास पाइएकाले
कम्तीमा आधा घण्टा पसिना निस्कने गरी शारिरिक अभ्यास गर्नुपर्ने, सन्तुलित भोजन सेवन गरी जीवन शैली
परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

नेपाल अर्वुद रोग नियन्त्रण संघ झापाका सभापति केशव पोखरेलले सुर्तिजन्य पदार्थको सेवन
न्यूनिकरणका लागि स्कुलमा अध्ययन गर्ने छात्रछात्राहरुमा जनचेतना जगाउनु पर्ने र क्यान्सर रोग निवारणका
लागि जनचेतना वृद्धि गर्न समेत विद्यार्थीलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ जनस्वास्थ्य
प्रशासक चन्द्रदेव मेहताले नसर्ने रोग नियन्त्रणका लागि पर्याप्त चेतना वृद्धि गर्नु पर्ने आजको
आवश्यकता रहेको धारणा राख्दै नसर्ने रोग लागेको विपन्न नागरिकहरुका लागि चिकित्सकको सहयोगमा उपचार सहयोग
दिने गरेको जानकारी दिएका थिए ।

सुर्तिजन्य पदार्थको सेवन, अस्वस्थ भोजन, मादक पदार्थको सेवन र कम शारीरिक अभ्यास
पाइएकाले कम्तीमा आधा घण्टा पसिना निस्कने गरी शारिरिक अभ्यास गर्नुपर्ने, सन्तुलित भोजन सेवन गरी जीवन
शैली परिवर्तन गर्नु पर्ने

गत वर्ष
विपन्न नागरिक उपचार सहयोग अन्तर्गत ४ सय २० जनालाई सिफारिस गरिएकोमा २ सय २९ जना क्यान्सरका विरामी
रहेको र यस वर्ष श्रावणदेखि  हालसम्म २ सय २२ जना सिफारिस गरिएकामा १ सय २४ क्यान्सरका विरामी रहेको
जानकारी दिए ।

अन्तक्र्रियाप्रति नाइट चेस क्लवका गोविन्द न्यौपाने, गैसस महासंघका अध्यक्ष रुद्र सिटौला र
सदस्य हरी गौतमले टिप्पणी गरेका थिए ।

टिका अधिकारीको
सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता