१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एन–प्यासनको ‘स्पोटर्स मिट’ शुरू

२३ माघ २०७२, शनिबार ०३:३०

NPabson Sports Meetमाघ २३, झापा (सास) । निजी तथा आवसिय विद्यालय एशोसियशन नेपाल
(एन–प्याप्सन) झापाको ‘एन्युअल स्पोर्टस मिट’ शुक्रबारबाट शुरू भएको छ ।

सरस्वती मावि
जामुनबारीमा आयोजित एक कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले स्पोटर्स मिटको
उद्घाटन गरेका हुन् ।

फागुन ८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लाका ६५ वटा विद्यालय सहभागी भएका छन् ।
प्रतियोगिता अन्तरगत जुनियर, सिनियर फुटबल, निमावि स्तरीय भलिबल, सिङ्गल टेवल टेनिस, छात्र तथा छात्रा
एथ्लेटिक्स, खुल्ला मिनी म्याराथुन, मावि स्तरीय वक्तृत्वकला तथा चित्रकला र मावि स्तरीय चेस
प्रतियोगिताको आयोजना हुने जिल्ला कोषाध्यक्ष अनिता थापाले बताइन् ।

उद्घाटन कार्यक्रमको पहिलो दिन फाक्तालुङ र मर्निङ
ग्रलोरी बोडिङ स्कुलबीच जुनियर फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मर्निङ ग्रोलरी २–० को गोल
अन्तरले फाक्तालुङलाई हराएको थियो । जीतका लागि आस्तान राईले २ गोल गरेका थिए ।

शनिबारको खेल कन्काइ बोडिङ स्कुल विर्तामोड र
इडेन गार्डेन बोडिङ स्कुल विर्तामोड तथा नमुना बोडिङ स्कुल चकचकी र मर्निङ ग्रोलोरीबीच हुने सदस्य भगिरथ
राईले बताए । कार्यव्रmममा विद्यार्थीहरूले नृत्य तथा मार्चपास प्रस्तुत गरेका थिए ।

एन प्याप्सनका जिल्ला अध्यक्ष सञ्जीव
राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, सहायक जिल्ला
शिक्षा अधिकारी गणेश अधिकारी, लेखा अधिकृत नगेन्द्र दाहाल, विद्यालय निरिक्षक सुरेन्द्र दाहाल, सरस्वती
माविका प्रधानाध्यापक तुलसी कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष पेम्बा लामाले स्वागत गरेको कार्यक्रमको
सञ्चालन सचिव अग्निप्रसाद कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का