कुमार "अविरल""/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमार "अविरल""/>

४ पुष २०८२, शुक्रबार
कपिलवस्तु - KPL

बुद्धभुमि कपिलवस्तु सेवा समाजको प्रथम साधारणसभा सम्पन्न

२५ श्रावण २०७३, मंगलवार १०:४३


कुमार "अविरल" पन्थी | साउन २५, कतार ।

कपिलबस्तु बासीको चाहना, सभ्य र समृद्घ समाजको कल्पना” भन्ने मुल नाराका साथ बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारले प्रथम साधारण सभा तथा भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशन कार्यक्रम गत शुक्रवार सम्पन्न गरेको छ। कार्यक्रम विविधि सास्कृतिक प्रस्तुतीहरुका साथ सम्पन्न भएको थियो ।


सस्थाका अध्यक्ष केशब खनालको सभापतित्व तथा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहाकार टि.वि. कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जन प्रगतिशील मन्चका अध्यक्ष शनि कुमार ओली, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्रि मोहम्मद अजिज अलि, अन्तराट्रिय नेपाली समाज कतारका अध्यक्ष बि बि रोषन खराल, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष गणेश बन्जाडे बिसेष अतिथि रहेका थिए।


यसैगरी गुल्मी सेवा समाजका उपाध्यक्ष झविन्द्र आचार्य, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, दलित एकता सन्जालका दितिय उपाध्यक्ष प्रकास घिमिरे, राक प्रवासी सेवा समाज कतारका उपाध्यक्ष नवराज पुन, अन्तराट्रिय दलित शक्ति कतारका संयोजक कृष्ण परियार,प्युठान सेवा समाज कतारका उपाध्यक्ष बलदेव राना, अर्घाखाचि सेवा समाजका उपाध्यक्ष ठाकुर कुमार परियार, समाज सेवी मोहम्मद मुक्तदा मुसलमान, साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार "अविरल" पन्थी, समाजसेवी देब परीयार, समाजसेबी अलि खान, रमेश सिङ खाती, हिमाल बिश्वकर्मा लगायत विभीन्न सँघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।



साथै कार्यक्रममा विभिन्न पेशा, ब्यबसाय र रोजगारिको शिलशिलामा कतारलाई कर्मभुमी बनाउदै आइराहेका कपिलवस्तु जिल्लाबासी तथा गैर कपिलवस्तु जिल्लाबासीको उलेख्य उपस्थिति रहेको थियो।


संस्था स्थापनाको अर्धवार्षिकिको अवसरमा संस्थागत समिक्षात्मक कार्य प्रगती एवम कार्य समिती संरचना फराकिलो गर्ने उद्धेश्य तथा कपिलवस्तु जिल्लामा रहेका असहाय एबम सडक बालबालिकाको शैक्षिक स्तरमा सहयोग पुर्‍याउन रचनात्मक हातेमालोको बिकास गर्ने मुख्य अभिप्रायले कपिलवस्तु तथा गैर कपिलबस्तु बासिहरुलाई एकीकृत सहभागी बनाउदै एउटै मालामा उन्नका लागि उत्प्रेरित गर्दै कतारको नज्मा स्थित अल नक्यान रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा समाजले संचालन गरेको भाग्यशाली चिठ्ठाको नतिजा पनि सार्वजनिक गरेको छ ।

व्यानर अनावरण, दिप प्रज्वलन, राष्ट्रिय गान तथा ज्ञात अज्ञात वीर शहिदहरुको सम्झना साथै कपिलवस्तुका विभिन्न ठाउँमा बाढि र डुबानमा परि ज्यान गुमाएका र बिबिध कारणले प्रबासमा ज्यान गुमाएका सम्पुर्ण नेपालिहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गरिएको थियो ।


त्यसैगरी युबा संयोजक खगेश्वर गैरेले स्वागत मन्तब्य प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए । सभामा सदस्य सचिवको तर्फबाट कोषाध्यक्ष इश्वर अर्यालले अर्धबार्षिक कार्य प्रगती प्रतिबेदन पेश गरेका थिए । सास्कृतिक बिभाग संयोजक क्षितिज किरण गैरेले सहजीकरण गर्दै गितको माध्यमबाट शुभकामना शन्देशका साथ उपस्थित सबैलाई स्वागत गरे। साथै सोहि अवसरमा कतारमा रहेका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुतिहरु रहेको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्किले प्रबासमा स्थापित सामाजिक संघसंस्थाहरुले सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै समाज रुपान्तरणको पक्षमा सामाजिक क्रान्तिको सकारात्मक बिगुल फुकेको बताउदै शुभकामना दिएका थिए।सस्था अध्यक्ष तथा सभापति खनालले बाह्य रुपमा जिल्ला संस्था जस्तो देखिएपनी यसले राष्ट्र र राष्ट्रिय गरिमाका बिबिध महत्व बोकेर अगाडि बढेको भएता पनि बिश्वसामु छुट्टै पहिचान बनाउन सक्ने स्थितिमा हामी अझ व्यापक तरिकाले सकारात्मकताका साथ उठ्नु पर्ने बिषयमा जोड दिए ।

 

हाम्रो सार्बभौमिकता ऐतिहासिक धरोहर र पौराणिक महत्त्वका सम्पदा र सस्कृति माथी बिदेशी शक्तिले धावा बोलिरहेका अबस्थामा यो समाजले यसका बिरुद्धमा प्रबासबाटै सामाजिक क्रान्ती रुपान्तरणको रुप धारण गरेको स्पष्ट पारेका थिए ।

 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी र डुबानबाट धनजन गुमाएका पिडित परिवारहरु तथा जिल्लामा रहेका असहाय एबम सडक बालबालिकाको सहयोगार्थका निम्ति जुट्न समेत अपिल गर्दै समाज निर्माणमा महत्त्वपूर्ण भुमिकामा रहन सबैलाई अनुरोध गर्दै कार्यक्रमलाई समापन गरेका थिए । कार्यक्रम सस्थाका प्रथम उपाध्यक्ष दिपक पौडेलको संचालनमा सम्पन्न भएको थियो।

 

सोहि अवसरमा प्रकाशन गरीएको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा यस प्रकार रहेको छ।

प्रथम पुरस्कार – १ तोला सुन, भुमा बहादुर (चिठ्ठा न. ६०९) मो. ५२५०८१३६

दोस्रो पुरस्कार – ३२" LED TV, कृष्ण थारु (चिठ्ठा न. ९२१) मो. ६६५६४६९८

तेस्रो पुरस्कार- डिजिटल क्यामेरा, कृष्ण सारु (चिठ्ठा न. ०५१) मो. ५०३०९०८३

चौथो पुरस्कार- टच स्क्रीन मोबाइल, दिवाकर भुसाल (चिठ्ठा न.६२३) मो. ५५१८५४६४

पाँचौ पुरस्कार – राइस कुकर ५ जनालाई, टीका बस्नेत (चिठ्ठा न. ४६५) मो. ७०६४००६१, थोमस (चिठ्ठा न. १५०७) मो. ३०६४२२०१, सुवाष (चिठ्ठा . न. १८४४) मो. ५०४९०१०५, लालु प्रसाद(चिठ्ठा . न. १६२८) मो. ३१०२०९००, मो. अम्रान (चिठ्ठा न. ७७४) मो. ३३२६५९७६।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ