२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना सङ्क्रमण फैलियो, तयारी छैन

२०७८, १२ बैशाख आईतवार ०८:१५

वैशाख १२, कैलाली | पछिल्लो सयमा कोरोनाको सङ्क्रमण दरमा बृद्धि हुँदै गएको छ ।  यसका रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी नगरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ । 

स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण समेत बन्द गरेका छन् । कतिपयले बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताएका छन् । टीकापुर नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । अहिले नगरपालिकामा कोरोना परीक्षणको कामसमेत बन्द छ । नगरपालिकामा यही वैशाख १ गते  १४ जना पिसिआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना सङ्क्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ । गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । 

“नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन । नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।” उहाँले भन्नुभयो, “आज÷भोलिसम्म बैठक बस्छ । बैठक निर्णयनुसार हामी कामलाई अगाडि बढाउने छौँ ।” उहाँले नगरपालिकामा कोरोना परीक्षण नहँुदा शङ्कास्पद बिरामी नेपालगञ्ज, धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्याङ्क नगरपालिकालाई जानकारी गराउने गरेको भए पनि नेपालगञ्जको तथ्याङ्क नगरपालिकामा नआउने गरेको जानकारी दिनुभयो । “हामीसँग ३८ श्ययाको आइसोलेशन  वार्ड तयारी अवस्थामा छ । त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो, “स्थिति पहिलेकोभन्दा पनि नराम्रो हुने सङ्केत देखा पर्दै गएका छन । हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन ।” 

भजनी नगरपालिकाले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि  काम अगाडि बढाएको छैन । नगरपालिकाका कोभिडको शीर्षकमा बजेट  छैन । भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ । नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन् त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिनुभयो । नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताउनुभयो । 

“अहिले नगरपालिकामा त्यस्तो जोखिम देखिएको छैन । जोखिम छैन भनेर हात बाँधेर बस्ने अवस्था पनि छैन”, उहाँले भन्नुभयो, “हामीले आन्तरिक व्यवस्थापनको काम अगाडि बढाएका छौँ । नगरपालिकासँग आवश्यक बजेटसमेत माग गर्ने तयारी भइरहेको छ ।”उहाँले नगरपालिकामा पिसिआर टेस्टका लागि किट नभएको जनाउँदै एन्टिजेन्ट किट पनि सीमित भएकाले त्यसको तत्काल व्यवस्थापन गर्न आवश्यक छ भन्नुभयो ।  स्वास्थ्य शाखा प्रमुख विकले कुन परिस्थिति आइपर्ने हो भन्ने कुराको सजिलै आँकलन गर्ने सकिने अवस्था नरहेको बताउनुभयो । 

“अहिले कोरोना परीक्षण शुरु गरिएको छैन । हामीसँग आवश्यकमात्रामा किटको अभाव छ । नागरिकको अहिलेको व्यवस्थालेस्थित नियन्त्रणभन्दा बाहिर जान पनि कुनै समय नलाग्न सक्छ ।” उहाँले भन्नुभयो, “अब क्वारेन्टिनका लागि हामीसँग संरचना पनि छैन । त्यही ५ वार्डको आइसोलेशन छ त्यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” भजनीमा होम क्वारेन्टिन र होम आइसोलेशनमा कोरोनाका शङ्कास्पद बिरामी व्यवस्थापन गर्नुको विकल्प देखिँदैन ।

जानकीमा पनि अवस्था उस्तै रहेको छ  । गाउँपालिकाले तयारीको प्रक्रिया अगाडि बढाएको भने पनि तयारी भइनसकेको पाइएको छ । कोरोनाका शङ्कास्पद बिरामीको गाउँपालिकामा सहजै परीक्षण हुन सकेको छैन । “आकस्मिकरुपमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ । पहिलेको जस्तो परीक्षण शुरु गरिसकेको अवस्था छैन । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भन्नुभयो, “आइसोलेशन तयारी अवस्थामा राखेका छौँ । किटको अभाव छ । टीकापुर अस्पतालसँग समन्वय भइभइरहेको छ ।” उहाँले कोरोना शीर्षकमा बजेट भएका कारण काम गर्न समस्या नभएको बताउँदै सबै संयन्त्रलाई तयारी अवस्थामा बस्न निर्देशन भइसकेको जानकारी दिनुभयो । गाउँपालिकामा अहिले सक्रिय सङ्क्रमित भने छैन । 

टीकापुर अस्पतालले  आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले आइसोलेशन वार्ड तयार भइरहेको जनाउँदै अन्य तयारी भइरहेको जानकारी दिनुभयो । कोरोनाको लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि अस्पतालले आइसोलेशन तयार पार्न लागेको हो । 

स्थानीय तह अहिले प्रदेश र सङ्घीय सरकारको निर्देशनको पर्खाइमा  छन् । सङ्घीय सरकारले केही निर्देशन दिएको भए पनि यसको कार्यान्वयनमा स्थानीय तह पछाडि देखिएको छ । कैलाली जिल्लालाई कोरोनाको उच्चजोखिम जिल्लाका रुपमा घोषणा गरिसकेको भए पनि स्थानीय तहको ढिलासुस्तीका कारण स्थिति नियन्त्रणभन्दा बाहिर जाने जोखिम पनि बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो