दलसिंह गिरी/साउन २५, कालिकोट । आजको युगमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/साउन २५, कालिकोट । आजको युगमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्"/>
२०८२, २२ चैत्र आईतवार
कालिकोट - KLK

नेपाली समाजमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढ्दो

२०७३, २५ श्रावण मंगलवार १२:३०

दलसिंह गिरी/साउन २५, कालिकोट । आजको युगमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय कोषाध्यक्ष लाल बहादुर वलीले बताउनु भएको छ । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कालिकोटको जिल्ला स्तरिय प्रथम जिल्ला भेला कार्याक्रममा बोल्दै वलीले आजको पुस्ता सचेतनामा केही जानकार भएपनि ज्ञान र सिप अनुसारको कामको खोजी भन्दापनि जागिर खोज्ने प्रबृतिको विकास भएको भन्दै यस्तो कुरा बताउनु भएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कालिकोटका तदर्थ समिति संयोजक तुलाराम पाण्डेको संयोजकत्वमा आयोजित जिल्ला भेलाको प्रमुख अथिति समेत रहनु भएका वलीले शिक्षाका लागि राष्ट्रिय अभियान मार्फत सबै क्षेत्रका समुदायलाई सूसुचित गराउन पैरवी र सहजिकरण गरी समाजमा जगेडिएर रहेको गरिवी, भोकमरी, अस्वस्थता, लैंगिक असमानता जस्ता प्रबृतिलाई निरुत्साहीत गरेर समृद्ध समाजको निर्माण गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै कालिकोट जिल्लाका स्थानीय विकास अधिकारी एवं कार्यक्रममा विशेष अथिति प्रदिपराज अधिकारीले जहाँ शान्ति हुन्छ त्यहाँ दिगो विकासको परिकल्पना गर्न सकिन्छ भन्दै यसका लागि पहिला शान्ति हुन आवश्यक रहेको र शान्तिका लागि सकरात्मक सोचको विकास भै ब्यवहार  परिवर्तन हुन आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै शिक्षाका लागि राष्ट्रिय अभियानका अभियान्ता खडानन्द चौलागाईले समाजमा दिगो विकास भन्दा पनि छिटो र छरितो विकास पहिलो आवश्यकता ठान्ने प्रबृतिका कारण दिगो राम्रो र हाम्रो विकास हुन नसकेको बताउनु भयो ।

भेलाको उद्घाटन सत्र समापन भए लगतै सुरु भएको बन्द सत्रमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक तुलाराम पाण्डेले जिल्लामा शिक्षाका लागि राष्ट्रिय अभियान गठन भएलगतै जिल्लामा शिक्षा समिति पुनरगठन, जिल्लाका विभिन्न विद्यालयहरु शान्ति क्षेत्र घोषणा, बाल अधिकार जस्ता बिभिन्न अभियानमा पैरवी गरेको बताउन भएको छ ।

कार्यक्रममा तुलाराम पाण्डेकै संयोजकत्वमा आजै ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरी भदौंमा हुने शिक्षाका लागि राष्ट्रिय अभियानको राष्ट्रिय भेलामा जिल्ला संयोजक तुलाराम पाण्डे र सदस्य पवित्रा जैसीलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउन निर्णय समेत भेलाले अनुमोदन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते