२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना

२०७८, १४ बैशाख मंगलवार ११:२२

कमल घिमिरे। बैशाख १४, पाँचथर। रोजगारीहरु मध्येको एउटा माध्यम वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमुलक तथा शोषणरहित बनाउन सामि परियोजना प्रभावकारी बन्दै आएको पाँचथरको फिदिममा मंगलबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बताइएको छ ।  

 “स्वदेशमा नै रोजगारी गरौँ,वैदेशिक जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मुल नारालाइ लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना(सामी) नेपाल सरकार र स्विस सरकारको द्विपक्षिय सम्झौता अनतर्गत तेस्रो चरणमा भइरहेको हो । परियोजनाले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमुलक तालिमहरु निशुल्क रुपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया,कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्म्बन्धि सम्पुर्ण कुराहरुको बारेमा जानकारी दिइने बताइएको छ । 

नेपालबाट हाल सम्म ५८ लाख भन्दा बढी नेपाली श्रम स्विकृती लिएर बैदेशिक रोजगारमा छन्, ति मध्ये ८० प्रतिशत मात्र कामदारले सहज तरिकाले काम गर्न पाइरहेका छन भने बाँकीले विभिन्न समस्याहरु झेल्नु परेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सहजकर्ता अम्बिका प्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार परियोजनाले विदेशमा समस्यामा परेका नेपाली कामदारहरुलाई पनि आवश्यक सहयोग गरिने बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले बिदेशमा निधन भएका कामदारहरको तथ्याङ्क संकलन गर्नुभन्दा निधन हुनुको कारण खोजी गरी त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते