२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

आज रातो मच्छिन्द्रनाथको महास्नान

२०७८, १५ बैशाख बुधबार ०७:४०

सुभानु आचार्य । वैशाख १५, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान गर्न लगिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट आएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।” मुलुकमा दिनानुदिन बढ्दै गएको दोस्रो लहरको कोरोना कहरलाई ध्यानमा राखी आफूहरुले महास्नानमा सहभागी मानिसलाई विशेष रुपमा स्वास्थ्य सावधानी अपनाउन सुझाव गरिरहेको वलीको भनाइ छ । 

महास्नानका क्रममा मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काएर विभिन्न तीर्थका जल अर्पण गर्नाका साथै पञ्चामृत, फलफूल, घ्यू, सखर, दूध आदि चढाइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “आजकै दिनमा रथ निर्माणका लागि पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा गएर दुईजना मानिसले चार खम्बासमेत गाड्नेछन् ।” 

काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ, यसैगरी पाटनमा पनि रातो मच्छिन्द्रनाथ रथजात्राको उत्तिनै ठूलो महत्व रहेको छ ।  उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ । 

रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न दुई वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका तीनै शहरका मानिसका साथै विदेशी पर्यटकसमेत नेपाल आउने गर्थे तर गत वर्षबाट मुलुकमा देखिएको कोभिड त्रासका कारण रथजात्रामा सहभागी हुन असहज भयो । 

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । 

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउँदै आएका छन् । 

मच्छिन्द्रनाथ पूजा तथा रेखदेखका लागि ३१ पानेजु अर्थात् पुजारी गठन भइरहेका छन् । लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, करुणामय तथा लाकेश्वर अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भइरहेको बुझाइ छ । 

नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्लले पहिलोपटक रातो मच्छिन्द्रनाथको महास्नान गर्ने चलन चलाएका पाटनका सूर्यमान डङ्गोलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पूज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पञ्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पुज्ने गर्छन् ।”

गत वर्ष कोरोनाका कारण गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर मच्छिन्द्रनाथको रथयात्रा गरी भोटो देखाउने काम भने हुन पाएन । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने