२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोना सङ्क्रमित बढ्दा सुदूरपश्चिमकाअस्पतालमा साधन स्रोतको अभाव हुँदै

२०७८, १६ बैशाख बिहीबार ११:४६

वैशाख १६, सुदूरपश्चिम । कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । 

महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत देखिएको छ । कीट अभाव हुँदा कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षणको काम गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले बताउनुभयो । ‘‘५० शय्याको महाकाली अस्पताल र १०० शय्याको अर्को एक अस्पताल सङ्क्रमित बिरामीले भरिएका छन्’’, उहाँले भन्नुभयो, ‘‘महाकाली अस्पतालमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन अपर्याप्त भएको र अवश्यक जनशक्तिसमेत नहुँदा समस्या भइरहेको छ ।’’ सो अस्पतालमा एउटा पिसिआर मेसिन सञ्चालनमा छन् । 

प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक बाहेकका सबै सेवा आजबाट बन्द गरिएको छ । अस्पतालमा कोभिड–१९ का बिरामीका लागि व्यवस्था गरिएका ५५ शय्या मध्ये ५२ शय्या सङ्क्रमित बिरामीले भरिएका छन् । कोरोना सङ्क्रमितको नमूना परीक्षण गर्ने यो अस्पातालका दुई पिसिआर मेसिनमध्ये एक मेसिन मात्र सञ्चालन छन् । अहिलेकै अवस्थामा कोरोनाको सङ्क्रमण दर बढ्दै जाँदा अस्पतालमा शय्या, जनशक्ति र अक्सिजनको अभाव हुने सम्भावना रहेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अक्सिजन, शय्या र जनशक्ति अभाव हुन नदिन निरन्तर पहल गरिरहेका छौं ।’’

अस्पतालमा कोरोना सङ्क्रमितमध्ये आठ जनालाई सघन उपचार कक्षमा र तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने २३ जनालाई अक्सिजन दिएर तथा बाँकीलाई मोड्रेटमा राखेर उपचार भइरहेको बताइएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा आज विहान ६ः०० बजेवाट राति १२ः०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । कोरोनाको सङ्क्रमण दर गुणात्मक रुपमा बढेपछि यसको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने सुचारु हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार दुई दिनमा मात्रै शङ्कास्पद एक हजार ५४ जनाको नमूना परीक्षण गर्दा ५७२ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो हप्तामा कारोनाका जटिल अवस्थाका बिरामी ह्वात्तै बढ्दा बिरामीको उपचार व्यवस्थापन गर्न गराउन अन्योल थपिएको छ ।  सुदूरपश्चिममा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या एक हजार १७६ पुगेका छन् । तीमध्ये सबैभन्दा बढी कैलालीका ६४६ जना रहेका छन् । सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शङ्कास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकोमा पछिल्ला दिनमा सबै व्यक्तिको परीक्षण गर्ने गरिएको छ । 

भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतवाट फर्किनेहरुवाट नै समुदायमा यो रोगको सङ्क्रमण बढी देखिएको बताइएको छ । कैलालीलाई यो प्रदेशकै कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने