साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको "/>
२०८२, २३ चैत्र सोमबार
पाँचथर - PCT

दुर्लभ रेडपान्डा संरक्षणमा कठिनाइ

२०७३, २६ श्रावण बुधबार ०६:१२

साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ । 

हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा थुप्रै चुनौती रहेको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताउनुभयो । 

समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पाइने रेडपान्डा खुला सिमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फँडानीका कारण लोप हुने अवस्थामा पुगेको वान्तावाले बताउनुभयो । 

लजालु र सोझो स्वभावको यो जीव सोझो तथा हलुका रातो, सेतो र कालो रङ्गको हुन्छ । विकास निर्माणसँगै बासस्थान लोप हुनु, कुकुरको आक्रमण, आहाराको विनाश, अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापारजस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनले देखाएको छ । 

रेड पान्डा पाँचथर, इलाम र ताप्लेजुङका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेड पान्डा नेटवर्क कन्जरभेसन कोअर्डिनेटर पेमा लामाले वताउनुभयो । 

विभिन्न स्थानमा ट्रयापिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सिमानाका कारण रेडपान्डाको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको लामाले बताउनुभयो । 

महिलाले बोक्ने झोला, टोपी तथा विलाशीताका सामग्री निर्माणमा रेडपान्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपान्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएपनि अहिलेसम्म रेड पान्डाको सङ्ख्याको यकिन तथ्याङ्क भने छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते