२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मी भर्ना गर्दै

२३ बैशाख २०७८, बिहीबार १०:५८

वैशाख २३, डोटी (रासस)। दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश मातहतमा रहेका अस्पताललाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि हामीले ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेका छौँ, सबै स्वास्थ्यकर्मीको पदपूर्ति भए कोरोना नियन्त्रण गर्न सहज हुनेछ ।”

यसैगरी प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा रहेका अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य प्रविधि तथा अक्सिजन खरिद प्रक्रिया पनि शुरु गरेको बताइएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला तथा जिल्ला अस्पताल डोटीमा आवश्यक पर्ने ४४६ स्वास्थ्यकर्मी भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य