साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइर"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

२०७३, २६ श्रावण बुधबार ०६:५६

साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पताल पुग्न थालेको अस्पतालका सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले बताउनुभयो । 

ओपिडी, इमरजेन्सी र जनरल वार्डमा भाइरल ज्वरोका बिरामी भर्ना भएर उपचार गराइरहेको उहाँले बताउनुभयो । वर्षा सुरु भएसँगै भाइरल ज्वरो र पखालाका बिरामी बढेको उहाँले बताउनुभयो । 

“दूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा कमीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको छ”, उहाँले भन्नुभयो । भाइरल ज्वरोका कारण बिरामीमा हनहन्ती ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने र हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या रहेको छ । 

यसैगरी, ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने अधिकांश बिरामीमा समेत पखाला र भाइरल ज्वरोको समस्या देखापरेको छ । स्वास्थ्य चौकीमा पुग्ने अधिकांश बिरामीमा भाइरल ज्वरोका बिरामी अधिक रहेको पिपलाडी स्वास्थ्य चौकीका अहेव चेतराज भट्टले बताउनुभयो । उहाँका अनुसार भाइरल ज्वरोका दैनिक सत्तरीभन्दा बढी बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते