१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार महासंघ झापाद्धारा कोइरालाप्रति श्रदाञ्जलि

२७ माघ २०७२, बुधबार ०७:२४

माघ २७, बिर्तामोड ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति नेपाल पत्रकार महासंघ झापा
शाखाले गहिरो दुःख व्यक्त गरेको छ ।

पत्रकार महासंघ झापाका
अध्यक्ष भमि नेम्वाङ र सचिव एकराज गिरीले आज बुधबार शोक वक्तब्य जारी गरी स्वर्गीय कोइरालाप्रति
भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । अप्रत्यासित उक्त
घटनाले नेपाल पत्रकार महासंघ झापा शाखा स्तब्ध भएको जनाइएको छ ।


शोकका कारण महासंघ केन्द्रको सर्कुलर बमोजिम झापा शाखामा हिजो र आज (मंगलबार र बुधबार)
सवै औपचारिक कार्यक्रमहरू सञ्चालन नगर्ने गरी स्थगित गरिएको पनि वक्तब्यमा जनाइएको छ ।


कोइराला नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदा सर्वदा दृढ
नेता रहेको चर्चा गर्दै पत्रकार महासंघ झापाद्धारा जारी वक्तब्यमा भनिएको छ–‘नेपालको प्रजातान्त्रिक
आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँले प्रकट गर्नुभएको निष्ठा र सक्रिय योगदानको
उच्च सम्मान गर्दछौं ।’

२०१० सालदेखि नै राजनीतिमा सक्रिय
कोइरालाले पटकपटक जेलनेल र प्रवासमा रहेर पनि अविचलित रुपमा प्रजातन्त्रको स्थापना र मुलुकको परिवर्तनका
निम्ति योगदान दिएको चर्चा गर्दै वक्तब्यमाअगाडि भनिएको छ –‘नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक
योद्धा कोइरालाले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण
भूमिका निर्वाह गर्नुभएको थियो ।’
jhapa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का